Like us!
Follow us!
Connect us!
Watch us!

अध्ययन गर्न चाहाने विद्यार्थीका लागि प्रदेश सरकारले ८ प्रकारका छात्रवृत्ति उपलब्ध गराउने

अर्थ संसार

आइतबार, १३ चैत्र २०७८, १४ : १५ मा प्रकाशित

अध्ययन गर्न चाहाने विद्यार्थीका लागि प्रदेश सरकारले ८ प्रकारका छात्रवृत्ति उपलब्ध गराउने

कर्णाली प्रदेश सरकारले अध्ययन गर्न चाहने विद्यार्थीका लागि आठ प्रकारका छात्रवृत्ति उपलब्ध गराउने भएको छ । एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि २०७८ लाई कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेपछि अध्यायन गर्न चाहनेले आठ प्रकारका छात्रवृत्ति पाउने भएका हुन् । 

एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि २०७८ लाई यही ११ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता विन्दमान विष्टले बताए । ‘यसबाट आठ प्रकार छात्रवृत्ति उपलब्ध हुनेछ ,’ उनले भने, ‘यसले गर्दा उच्च शिक्षा पढ्न चाहने जेहेन्दारका लागि सहज हुनेछ ।ु

प्राविधिक छोरी बुहारी छात्रवृत्ति, चिकित्सा, ईन्जिनियरिङ, कृषि र भेटेनरी उच्च शिक्षा छात्रवृत्ति, उच्च शिक्षा अपाङ्ग छात्रवृत्ति, उच्च शिक्षा दलित छात्रवृत्ति र उच्च शिक्षा जेहेन्दार छात्रवृत्ति उपलब्ध गराउने प्रवत्ता विष्टले जानकारी दिए । 

त्यस्तै, उच्च शिक्षा सीमान्तकृत तथा लोपोन्मुख वर्ग छात्रवृत्ति, आधारभुत तथा माध्यामिक शिक्षामा गरिव तथा जेहेन्दार छात्रवृत्तिका लागी सार्वजनिक निजी साझेदारी कार्यक्रम र जनआन्दोलन र सहिदका सन्ततीका लागि उच्च शिक्षा छात्रवृत्ति कर्णाली प्रदेश सरकारले उलब्ध गराउने प्रवक्ता विष्टले बताए  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको