Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत् उत्पादन बढेपछि औद्योगिक क्षेत्रमा तीन घन्टा मात्रै लोडसेडिङ

शुक्रबार, ३० असार २०७४, १२ : ३४ मा प्रकाशित

विद्युत् उत्पादन बढेपछि औद्योगिक क्षेत्रमा तीन घन्टा मात्रै लोडसेडिङ

अर्थ संसार, काठमाडौँ–नदीमा जल सहत बढेका कारण विद्युत् उत्पादन बढेको भन्दै नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रको लोडसेडिङ ३ घन्टामा सीमित गरेको छ ।

नदीमा जलसतह बढेका कारण विद्युत् उत्पादन बढी भएकाले उद्योगलाई नियमित रुपमा थप विद्युत् दिने गरी कार्य सुरु भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणकाअनुसार आज शुक्रबारदेखि औद्योगिक क्षेत्रमा हुँदै आएको लोडसेडिङ १ घन्टा घटाइएको हो ।औद्योगिक क्षेत्रमा अहिले ४ घन्टा लोडसेडिङ भइरहेको थियो ।

  प्राधिकरणका अनुसार चितवन पूर्व ढल्केबरसम्म उद्योगमा साँझ ७ बजेदेखि राती १० बजेसम्म विद्युत आपुर्ति बन्द हुनेछ ।

यस्तै, ढल्केबर पूर्व, भरतपुर पश्चिम र सरकारको औद्योगिक क्षेत्र रहेका स्थानमा साँझ ६.३० बजेदेखि राती ९.३० बजेसम्म लोडसेडिङ गरिनेछ ।

वर्षायाम सुरु भएपछि नदीमा पानीको बहाब बढ्दा उत्पादन पनि वृद्धि भएकाले औद्योगिक ग्राहकको लोडसेडिङ घटाइएको प्राधिकरणले जनाएको छ । आगामी दिनमा लोडसेडिङ तथा भोल्टेज समस्या सुधार हुँदै जाने प्राधिकरणको दाबी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको