Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल लघुवित्तको ‘ग्लोबल मनी विक’ कार्यक्रम सम्पन्न

अर्थ संसार

सोमबार, १४ चैत्र २०७८, १२ : ०७ मा प्रकाशित

सिभिल लघुवित्तको ‘ग्लोबल मनी विक’ कार्यक्रम सम्पन्न

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले मिति चैत्र ७ गते देखि १३ गतेसम्म ग्लोबल मनी विक 2022 को उपलक्ष्यमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । 

वित्तीय साक्षरता अन्तर्गत केन्द्रीय कार्यालय लगायत ३२ जिल्लामा अवस्थित ७५ शाखा कार्यालयहरुले अन्तरकृया कार्यक्रम संचालन गर्नुको साथै प्लेकार्ड, ब्यानर आदीको प्रयोग गरी र्याली समेत आयोजना गरेको थियो ।

संस्थामा आवद्ध रहेका सदस्य, समुदाय एवम् स्कुलमा अध्ययनरत छात्रछात्रामा वित्तीय साक्षरता अभिवृद्धि गराउन GMW-2022 ले तय गरेका विषयवस्तु तथा नाराहरुमा आधारित रहेर सम्पन्न गरिएको उक्त कार्यक्रमबाट करिब १७ हजार जना लाभान्वित भएका छन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको