Like us!
Follow us!
Connect us!
Watch us!

आजसम्म कायम सेयरधनीहरुले मात्र सिभिल लघुवित्तको लाभांश पाउने

अर्थ संसार

विहीबार, ११ फागुन २०७९, ०६ : ५२ मा प्रकाशित

आजसम्म कायम सेयरधनीहरुले मात्र सिभिल लघुवित्तको लाभांश पाउने

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडका आजसम्म कायम सेयरधनीहरुले मात्र गगत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरिएको लाभांश पाउनेछन् । 

लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ फागुन १४ बुकक्लोज गर्ने निर्णय गरेको थियो तर फागुन १२ गते शुक्रबार र १३ गते शनिबार परेकाले नेप्सेको दोस्रोबजार कारोबार बन्द हुन्छ त्यसैले आज फागुन ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०।५७८९ प्रतिशत नगद लाभांश गरी कुल १२।५७८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

संस्थाको सञ्चालक समितीले गर्ने निर्णय अनुसार संस्थाको ११ औँ बार्षिक साधारणसभा फागुन २९ बोगनभिल्ला इभेन्टस, त्रिपुरेश्वर काठमांडौमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

त्यस्तै सभाले हाल कायम रहेको सेयर संरचनालाई परिमार्जन गरी संस्थापक र साधारण सेयरधनीहरुको सेयर अनुपात ५१ः४९ बनाउने प्रस्ताव समेत पारित गर्ने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको