Like us!
Follow us!
Connect us!
Watch us!

केसीएल क्यापिटल अब गरिमा क्यापिटलमा परिणत

अर्थ संसार

मंगलबार, १५ चैत्र २०७८, १६ : १८ मा प्रकाशित

केसीएल क्यापिटल अब गरिमा क्यापिटलमा परिणत

के.सी.एल.अस्ट्यूट क्यापिटल लिमिटेडले गरिमा क्यापिटल लिमिटेडको नाममा कारोबार सञ्चालन गर्ने भएको छ । गरिमा विकास बैंक लिमिटेडको ५१.२०% सेयर स्वामित्व रहने गरी गरिमा क्यापिटल लिमिटेड (साविक के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड) गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको हो ।

उक्त रुपान्तरणसँगै अब उप्रान्त के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडले प्रदान गर्दै आएका सेवा तथा कारोबारहरु गरिमा क्यापिटल लिमिटेडको नाममा सञ्चालन हुनेछन् ।

२०७८ साल आषाढ ०४ गते के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड र गरिमा विकास बैंक लिमिटेडबीच गरिमा विकास बैंक लिमिटेडद्वारा के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडको सेयर लगानी/स्वामित्व खरिद गर्ने सम्बन्धी भएको समझदारीपत्र (Memorandum of Understanding - MOU) बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयको मिति २०७८ साल चैत्र महिना ०७ गतेको पत्रबाट साविकको  के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति तथा तिर्नु व्यहोर्नु पर्ने कर दायित्व आदि परिवर्तित नामको कम्पनीले सकार्ने व्यहोर्ने गरी संस्थाको नाम के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडबाट परिवर्तन गरी गरिमा क्यापिटल लिमिटेड कायम भएको छ ।

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । साविक के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडबाट लगानी व्यवस्थापन सेवा (Portfolio Management Services – PMS) तथा निक्षेप सदस्य (डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह हुँदै आएकोमा अब निकट भविष्यमा नै गरिमा क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकरले प्रदान गर्न सक्ने अन्य सम्पूर्ण सेवाहरु (जस्तैः निष्काशन तथा बिक्री प्रबन्ध (Issue Management), धितोपत्र प्रत्याभूति (Securities Underwriting), शेयर रजिष्ट्रेशन (Share Registration), संस्थागत परामर्श (Corporate Advisory) तथा सामूहिक लगानी कोष  (Mutual Fund), प्राइभेट इक्वीटी फण्ड (Private Equity Fund), भेन्चर क्यापिटल फण्ड (Venture Capital Fund), हेज फण्ड (Hedge Fund) लगायत अन्य फण्डहरुको व्यवस्थापन सम्बन्धी सेवाहरु) प्रदान गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको