Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडाैंमा क्षणिक वर्षा, दिउँसाे यी चार प्रदेशमा वर्षाकाे सम्भावना

अर्थ संसार

बुधबार, १६ चैत्र २०७८, ०७ : ४७ मा प्रकाशित

काठमाडाैंमा क्षणिक वर्षा, दिउँसाे यी चार प्रदेशमा वर्षाकाे सम्भावना

काठमाडाैंकाे आकाश तुवाँलाेले ढाक्दा बिहान र साँझ घाम लाग्न छाडेका बेला बुधबार बिहान क्षणिक वर्षा भएकाे छ । केहीदिन यता काठमाडाैंमा प्रदूषण पनि ह्वात्तै बढेकाे छ ।

तर, बिहान वर्षा हुँदा राहत महसुस गरिएकाे छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव नेपालमा रहेको छ । 

दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ । 

राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

बिहीबार प्रदेश १, मधेस, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएकाे छ । ती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको