Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँडकाे मिति तय

अर्थ संसार

बुधबार, १६ चैत्र २०७८, १२ : ४५ मा प्रकाशित

ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँडकाे मिति तय

ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले चैत्र ८ गते, मंगलबारदेखि चैत्र ११ गते, शुक्रबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड चैत्र २० गते, आइतबार हुने भएकाे छ ।

उक्त साधारण सेयर (आईपीओ) काे प्रि-अलटमेन्ट हिजाे (चैत्र १५ गते, मंगलबार) निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलकाे कार्यालयमा सम्पन्न भएकाे थियाे ।

आईपीओकाे बाँडफाँड चैत्र २० गते, आइतबार गर्न लागिएकाे मर्चेन्ट बैंकिङ्गकी म्यानेजर इशा श्रेष्ठले अर्थ संसारलाई जानकारी दिइन् । हालसम्म स्थान र समय भने तय नभएकाे उनले बताइन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

अन्तिम दिनसम्ममा कम्पनीकाे आईपीओमा २१ लाख ५७ हजार ६ सय ३१ जना आवेदकहरुले २ करोड ५९ लाख ४० हजार ५ सय ६० कित्ताका लागि आवेदन दिएका थिए ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।

यो पनि हेर्नुहोस् 

Exclusive: बुल मार्केट सकिएको छैन ९०% विश्वस्त छु | Bishnu Prasad Basyal | Market Prescription

बजारमा गिरावट कारण के हो ? Rohan Karki सँग व्याख्यात्मक टिप्पणी: Stop Loss कि Averaging?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको