Like us!
Follow us!
Connect us!
Watch us!

अबदेखि श्रम स्वीकृति रद्द र बिमा रकम भुक्तानी सम्बन्धित कार्यालय प्रमुखबाटै हुने

अर्थ संसार

बुधबार, १६ चैत्र २०७८, १६ : ५२ मा प्रकाशित

अबदेखि श्रम स्वीकृति रद्द र बिमा रकम भुक्तानी सम्बन्धित कार्यालय प्रमुखबाटै हुने

श्रम स्वीकृति रद्द गर्ने अधिकार सम्बन्धित कार्यालय प्रमुखलाई दिइएको छ । वैदेशिक रोजगार विभागको १२ फागुनको निर्णयअनुसार श्रम स्वीकृति रद्दका लागि सम्बन्धित कार्यालय प्रमुखलाई दिइएको हो । 

बिमा रकम भुक्तानी सम्बन्धिको सेवा समेत सम्बन्धित कार्यालय प्रमुखबाट हुने भएको छ । श्रम स्वीकृति रद्दका लागि सम्बन्धित कार्यालयमा नै सम्पर्क गर्नु हुन विभागले सबैमा अनुरोध गरेको छ । त्यसका लागि विभागमा आइरहनु नपर्ने विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए । 

बिमा रकम भुक्तानीका लागि विभागबाट सम्बन्धित कामदारले श्रम स्वीकृती लिएर गएको हो भनी प्रमाणित गर्नुपर्ने प्रावधानसमेत हटाइएको विभागले जनाएको छ ।

सम्बन्धित बिमा कम्पनीले विभागको अनलाइन सूचना व्यवस्थापन प्रणालीबाटै श्रम स्वीकृती लिएको/नलिएको रुजु गर्न सक्ने व्यवस्था मिलाइएको महानिर्देशक पौडेलले बताए । यो कामको लागि समेत विभागमा आइरहन नपर्ने उनको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको