Like us!
Follow us!
Connect us!
Watch us!

विदेशबाट आरक्षणमा आईपीओ भर्न रेमिट्यान्स खाताको सीआरएन नम्बर लिन सीडीएससीकाे आग्रह

अर्थ संसार

आइतबार, ११ मंसिर २०७९, १६ : २७ मा प्रकाशित

विदेशबाट आरक्षणमा आईपीओ भर्न रेमिट्यान्स खाताको सीआरएन नम्बर लिन सीडीएससीकाे आग्रह

सिडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ भर्न रेमिट्यान्स बचत खाता खोली सीआरएन नम्बर लिन आग्रह गरेको छ । सिडीएससीले एक सूचना प्रकाशन गर्दै नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याईएको आईपीओ भर्नका लागि सीआरएन नम्बर लिन आग्रह गरेको हाे ।

कसले दिन पाउँछन् आवेदन ?

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुले यसमा आवेदन दिन पाउनेछन्। धितोपत्र बोर्डको निर्देशिका अनुसार विप्रेषण 'रेमिट्यान्स बचत खाता' भएकाहरुले मात्रै आवेदन दिन पाइनेछ। सो बचत खातामा पछिल्लो ६ महिनाभित्र विदेशबाट ५० हजार रुपैयाँ पठाएको हुनुपर्नेछ।  

प्रकृया के छ ? 

सो आरक्षित आईपीओमा आवेदन दिन आस्वा अनुमती प्राप्त बैंक/वित्तिय संस्थामा रेमिट्यान्स बचत खाता भएको हुनुपर्नेछ। सो वचत खातामा पछिल्लो ६ महिनामा कम्तिमा ५० हजार बराबरको नेपाली रुपैयाँ सम्बन्धित व्यक्तिले जम्मा गरेको हुनुपर्नेछ। सम्बन्धित बैंकले सो खातामा पछिल्लो ६ महिनामा विदेशबाट ५० हजार नेपाली रुपैयाँ पठाए/नपठाएको चेक गरेर मात्रै आवेदन भेरिफाइ गर्नेछ। 

आवेदन कसरी दिने ? 

आवेदन मेरोसेयरबाटै दिन सकिनेछ। तर सीआरएन नम्बर भने रेमिट्यान्स बचत खातामा डिम्याट खातालाई लिंक गराई लिनुपर्नेछ। अन्यथा मेरोसेयरबाट अप्लाई गर्न मिल्नेछैन।  

सम्पूर्ण विवरणका लागि तलकाे भिडियाे हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको