Like us!
Follow us!
Connect us!
Watch us!

सुपर दोर्दी जलविद्युत आयोजनाको काम युद्धस्तरमा

शनिबार, ३१ असार २०७४, १३ : ५० मा प्रकाशित

सुपर दोर्दी जलविद्युत आयोजनाको काम युद्धस्तरमा

काठमाडौँ, सुपर दोर्दी जलविद्युत आयोजनाको निर्माण तीव्र गतिमा अघि बढेको छ । लमजुङमा आयोजना स्थल रहेको ४९.६ मेगावाट क्षमताको सो आयोजना सिभलि तर्फको काम युद्धस्तरमा अगाडि बढेको हो ।

आयोजनाको विद्युतगृह र सुरुङ निर्माणमा ठेकेदार परिचालन भएको पिपुल्स हाइड्रोपावर कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार हेडबक्सको काम  भने आगामी कात्तिकबाट सुरु गरिनेछ । आयोजनाको हेडवक्स , सुरुङ र विद्युतगृह निर्माण गर्न छुट्टा छुट्टै ठेकेदार छनोट गरिएको छ ।हेडवक्स  बज्रगुरू, मुख्य सुरुङ बि.पी कन्स्ट्रक्सन र विद्युतगृह हाइ

हिमालय हाइड्रो कन्स्ट्रक्सनले निर्माण गर्ने जिम्मा पाएका छन् । आयोजनामा हेडवक्र्सबाहेक सबै सिभिल संरचना भूमिगत रहेनछन् ।

रु ८ अर्ब २९ करोड  लागत अनुमान गरिएको आयोजनामा नबिल बैंकको अगुवाइमा ९ बैंकले रु ५ अर्ब ८० करोड  लगानी गरेका छन्  ।

योजनाबाट  २०७७ साल असारबाट विद्युत उत्पादन गर्ने लक्ष्य छ । २०७६ असोजमा पूरा गर्ने यसअघिको तालिका भए पनि भूकम्प र नाकाबन्दीको उत्पादन मिति सरेको हो ।

कम्पनीले ४९.६ मेगावाटमा निर्माण गर्न अनुमतिपत्र लिएको आयोजनाको क्षमता अभिवृद्धि भई ५४ मेगावाट पुगेको छ ।

बढेको क्षमताको अनुमतिपत्रका लागि विद्युत विकास विभाग र विद्युत खरिद सम्झौताका लागि नेपाल विद्युत प्राधिकरणमा निवेदन दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको