Like us!
Follow us!
Connect us!
Watch us!

तपाइँको सीमकार्ड कसको नाममा छ थाहा छ ? यसरी जान्नु होस्

अर्थ संसार

विहीबार, १७ चैत्र २०७८, १३ : १० मा प्रकाशित

तपाइँको सीमकार्ड कसको नाममा छ थाहा छ ? यसरी जान्नु होस्

विभिन्न सेवाहरू प्रयोग गर्न प्रयोकगर्ताहरूले आफूले प्रयोग गर्ने सिमकार्ड आफ्नै नाममा बनाउनु अनिवार्य जस्तै भएकाे छ । धेरै व्यक्तिहरूलाई आफूले प्रयाेग गर्ने सीमकार्ड कसकाे नाममा दर्ता छ भनेर थाहा नहुन सक्छ । त्यसैले आज हामी यहाँ आफूले प्रयोग गर्ने सीमकार्ड कसको नाममा छ हेर्ने तरिका सिकाउनेछाैँ ।

यदि तपाईँसँग नेपाल टेलिकमकाे सीमकार्ड छ भने 

आफ्नाे सीमकार्ड कसकाे नाममा दर्ता छ भन्ने थाहा पाउन *९२२# डायल गर्नुहाेस् । त्यहाँ तपाईँले आफ्नाे सीमकार्ड दर्ता भएकाे नाम देख्न सक्नुहुनेछ ।

यदि तपाईँसँग एनसेलकाे सीमकार्ड छ भने 

आफ्नाे सीमकार्ड कसकाे नाममा दर्ता छ भन्ने थाहा पाउन *९९६६# डायल गर्नुहाेस् । त्यहाँ तपाईँले आफ्नाे सीमकार्ड दर्ता भएकाे नाम देख्न सक्नुहुनेछ ।

यदि तपाईँले प्रयाेग गरिरहनु भएकाे सीमकार्ड तपाईँकाे नाममा छैन भने नेपाल टेलिकम तथा एनसेलकाे कार्यालय वा सेवा प्रदायकहरूसँग सम्पर्क गरी आफ्नाे नाममा बनाउन सकिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको