Like us!
Follow us!
Connect us!
Watch us!
अन्तर्वार्ता

एउटै व्यक्ति बैंकर र व्यवसायी हुने परिपाटी हट्नुपर्छ : किशोर कुमार प्रधान

अर्थ संसार

विहीबार, १७ चैत्र २०७८, १६ : २८ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर कुमार प्रधानले मुलुकको अर्थतन्त्र निकै नकारात्मक दिशामा रहेको बताएका छन् ।

सरकारले कोरोनाबाट थिलोथिलो परेको अर्थतन्त्रलाई सुधारको लागी गर्नुपर्ने प्रयाप्त प्रयास नगरेकाले आर्थिक क्षेत्रमा सुधार आउन नसकेको उनको ठम्याई छ । अपठ्यारो बेलामा पनि व्यवसायीहरुले सरकारबाट उचित सहयोग नपाउँदा अभिभावक विहीनताको अनुभुती गरीरहेको उनको भनाई छ ।

अहिले देखिएको आर्थिक तरलताको अभावको कारण ब्यवसायीहरुले कठीनाई व्यहोरीरहेको बताँउदै पूर्व उपाध्यक्ष प्रधानले यो समस्याको मुल कारक पनि सरकारी नीति नै रहेको बताए । सरकारले कोरोना संकट लगायतका कारणलाई देखाएर पञ्छीनु भन्दा पूँजीगत खर्च बढाएर र नीती नियमलाई सुधारेर समस्याको समाधान गर्नुपर्ने उनको धारणा छ ।

पूँजीगत खर्च नहुनुमा पनि सरकारीतन्त्र नै दोषी रहेको बताँउदै उनले टेबुलमुनीबाट पैसा लिने परिपाटीले समस्याको समाधान हुन नसकेको बताए । पूँजीगत खर्च बढाउनको लागी झन्झटीलो नितीलाई सहज बनाएर राजनीतिज्ञहरुले कर्मचारीहरुलाई स्वतन्त्र तरीकाले काम गर्न दिनुपर्ने उनको जोर छ ।

वस्तु तथा सेवाको निकासीमा कमी र कोरोना संकटपछि रेमिट्यान्समा देखिएको कमिका कारण देशमा वैदेशिक मुद्धाको अवस्था नाजुक भएको व्यवसायी प्रधानको तर्क छ । डलरको अभाव र रुस युक्रेन संकटका कारण अब मँहगाई पनि आकासीने उनी बताँउछन् । 

महासघंको नेतृत्वको लागी दुईचोटी प्रयास गर्दा पनि असफल भएको चर्चा गर्दै पूर्व उपाध्यक्ष किशोर कुमार प्रधानले पैसाको चलखेल गरेर आफुलाई हराईएको बताए । व्यवसायीहरुले आफ्नो दिर्घकालिन हित भन्दा पनि तत्कालिन फाईदालाई केन्द्रमा राख्दा पैसावालाले जीत्ने स्थीती बनेको चर्चा गर्दै उनले यो स्थीती देशका तमाम साना र मझौला व्यवसायीहरुको खतरनाक भएको औँल्याए । 

संसारभरी नै बैंकर र व्यवसायीहरु छुट्टा छुट्टै हुने भएपनि नेपालमा त्यसो हुन नसकेको व्यवसायी प्रधानको भनाई छ । यसरी बैंकर समेत रहेका व्यवसायीहरुले संकलीत सबै पैसा आफ्नै वरीपरी घुमाउँदा अन्य व्यवसायीले मार खेप्नु परेकाले एउटै व्यक्ती बैंकर र व्यवसायी हुने परिपाटीको अन्त्य गर्नुपर्नेमा उनको जोड छ ।

भारतबाट आपुर्तीमा कमि आउदा उद्योगहरु लाेडसेडिङको मारमा परिरहेको र यसले वस्तु उत्पादनलाई निकै धक्का दिने उनी बताउँछन् ।

उनीसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको