Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाईफले डाक्यो साधारणसभा, पूँजी बृृद्धिको बिशेष प्रस्ताव

अर्थ संसार

शुक्रबार, १८ चैत्र २०७८, ०८ : २४ मा प्रकाशित

सन नेपाल लाईफले डाक्यो साधारणसभा, पूँजी बृृद्धिको बिशेष प्रस्ताव

सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा २०७९ बैशाख ९ हायात प्लेस, ताहाचल काठमांडौमा अपराह्न्न ४ बजे सुरु हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । साथै सभाले कम्पनीको चुक्ता पूँजी बृद्धिकाे प्रस्ताव समेत पारित गर्नेछ । 

लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले २५ चैत्र बुक क्लोज गर्नेछ । यसअनुसार २४ चैत्रसम्म कायम सेयरधनीले मात्रै लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

62466631798f2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको