Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाईफ इन्स्योरेन्सको आयोजनामा रक्तदान कार्यक्रम, २७ युनिट रगत संकलन

अर्थ संसार

विहीबार, ०६ असोज २०७९, १८ : ३६ मा प्रकाशित

सन नेपाल लाईफ इन्स्योरेन्सको आयोजनामा रक्तदान कार्यक्रम, २७ युनिट रगत संकलन

सन नेपाललाईफ इन्स्योरेन्स कंम्पनी लिमिटेडले आफ्नो ५औँ बार्षीकोत्सब तथा सामाजिक सेवा दीबसको अबसरमा आज आश्विन ६ गते त्रीपुरेश्वर काठमाण्डौमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

कम्पनीका महाप्रकन्धक कमलराज गौतमको उपस्थितीमा भएको कार्यक्रममा २७ जना रक्तदाताले रक्तदान गरेका थिए । बार्षिकोत्सबको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा महाप्रकन्धक गौतमले रक्तदाता , अभिकर्ता र कर्मचारीहरुलाई धन्यबाद ज्ञापन गर्दै कम्पनी ब्यबसायमा मात्र हैन सामाजिक कार्य र जनचेतना अभिबृद्धीमा समेत निरन्तर लागि रहने बताए । 

कार्यक्रमको संयोजन कम्पनीको काठमाण्डौ शाखा ,कर्पाेरेट बजार बिभाग र लगनखेल शाखाले गरेको सहायक महाप्रबन्धक चुडामणि सुबेदीले जानकारी दिए ।
 

632c5bb2631b5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको