Like us!
Follow us!
Connect us!
Watch us!
अपि पावर पनि सम्मानित हुने

सरकारी र निजी क्षेत्रका जलविद्युत् उत्पादकलाई सम्मान गरिदै

शनिबार, ३१ असार २०७४, १४ : ५७ मा प्रकाशित

सरकारी र निजी क्षेत्रका जलविद्युत् उत्पादकलाई सम्मान गरिदै

अर्थ संसार, काठमाडौँ– नेपालको जलविद्युत् उत्पादनको इतिहासलाई राज्यले पहिलो पटक सम्मान गर्न लागेको छ ।

नेपालाम जलविद्युत् उत्पादनको १०६ वर्षको इतिहास कायम हुन पुगेको छ । एक शताब्दी भन्दा बढी समय भइसक्दा पनि मुलुकको विद्युत् उत्पादनमा प्रभावकारी हस्तक्षेप भने हुन सकेको छैन ।

जलविद्युत उत्पादनको १ सय ६ वर्षको इतिहास स्मरण गर्दै सरकारले भोलि साउन एक गते जलविद्युत् उत्पादनमा लागेको व्यावसायीलाई सम्मान गर्न लागेको हो ।

सरकारी तथा निजी क्षेत्रको प्रयासमा विद्युत उत्पादन गरी राज्यलाई सहयोग पर्याएको भन्दै सम्मान गर्न लागिएको हो ।

विद्युत विकास विभागको साउन १ गते मनाउन लागिएको २४ औं वार्षिकोत्सवमा निजी क्षेत्रका ५८ र नेपाल विद्युत प्राधिकरणका १७ आयोजनालाई सम्मान गर्न लागेको हो । त्यस्तो सम्मान पाउनेमा अपि पावरका प्रबन्ध निर्देशक सञ्जिव न्यौपाने पनि एक हुनुहुन्छ ।

नेपालको जलविद्युत् उत्पादनको इतिहासमा अपि पावरले देखाएको व्यावसायिक सिप, कौशल तथा क्षमतालाई पहिलो पटक राज्यले सम्मान गर्न लागेको हो ।

अपि पावरले दार्चुलामा एक जलविद्युत् आयोजना निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ भने अर्को आयोजना निकट भविस्यमा नै सञ्चालनमा आउने गरी काम भइरहेको छ ।

नेपालको जलविद्युत् उत्पादनको इतिहासमा अपि पावर कम्पनी एउटा पायनियर कम्पनीको रुपमा स्थापित भइसकेको छ ।

सो कम्पनीको क्षमता र योग्यताको उच्च मूल्यांकन गर्दै सम्मान गर्न लागेको हो । प्रबन्ध निर्देशक न्यौपाने अपि पावरले पनि सम्मान पाउन लाग्दा आफूलाई खुसी लागेको र कम्पनीलाई गर्न लागिएको स्म्मान सम्पूर्ण लगानीकर्ता र सेयरधनीको समेत सम्मान भएको बताउनुभयो ।

विभिन्न समस्या तथा अप्ठ्यारो समयमा पनि आयोजना निर्माण गरेर राज्यको ऊर्जा संकट न्यूनिकरणमा योगदान पुर्याएकाले सम्मान गर्न लागेको विभागले जनाएको छ ।

कुल ६० मेगावाटको खिम्ती जलविद्युत आयोजना निर्माणसँगै निजी क्षेत्र जलविद्युत विकासमा आकर्षित भएको हो । निजी क्षेत्रले अहिलेसम्म ५८ आयोजनाबाट ४३९ मेगावाट विद्युत उत्पादन गरेको छ । यस्तै, प्राधिकरणले १७ आयोजनाबाट ४६७ मेगावाट उत्पादन गरेको छ ।

प्राधिकरण र निजी क्षेत्रले अहिलेसम्म करिब ९०७ मेगावाट विद्युत उत्पादन गरेका छन् । हेटौडा र दुहबीमा राखिएका प्राधिकरणका दुई थर्मल प्लान्टको ५३ मेगावाटसमेत जोड्दा हालसम्म जम्मा ९ सय ६० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जडित छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको