Like us!
Follow us!
Connect us!
Watch us!

मोदीले भने, ‘नेपाल र भारतको जस्तो मित्रता कतै छैन, देउवाजीको महत्वपूर्ण भूमिका छ’

पत्रपत्रिका

आइतबार, २० चैत्र २०७८, ०८ : १० मा प्रकाशित

मोदीले भने, ‘नेपाल र भारतको जस्तो मित्रता कतै छैन, देउवाजीको महत्वपूर्ण भूमिका छ’

 

प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणले नेपाल–भारत सम्बन्धमा ‘आइसब्रेक’ गरेको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको चुच्चे नक्सा प्रकाशन र त्यसपछि नेपालमा विकसित राजनीतिक घटनाक्रमले दुई देशबीच चिसोपना आएको थियो।

दुई देशबीचको विश्वास बढाउने, थाती रहेका समस्या समाधान गर्ने प्रधानमन्त्री देउवाको प्रयासमा भारतीय समकक्षी नरेन्द्र मोदीले साथ दिएका छन्। हैदरावाद हाउसमा शनिबार भारतीय प्रधानमन्त्री मोदीको प्रस्तुतिले सम्बन्ध सुधारतर्फ केन्द्रित भएको देखाएको छ। मोदीले प्रधानमन्त्री देउवा र नेपालसँगको प्राचीन, वर्तमान र भविष्यको सम्बन्धबारे चर्चा गरेका छन्। 

प्रधानमन्त्री देउवाले द्विपक्षीय संयन्त्रण निर्माण गरी सीमा समस्याको समाधान खोज्नुपर्ने प्रस्ताव गरेका छन्। ‘सीमा समस्याबारे हामीबीच छलफल भएको छ। सीमा समस्या संयन्त्रमार्फत समाधान गर्न प्रस्ताव गरेको छु’, प्रधानमन्त्री देउवाले मोदी उपस्थित संयुक्त सम्बोधनमा भने।

यससँगै सीमा समस्यामा दुई देशबीच अवरुद्ध संवादको ढोका खुलेको छ। मोदी सन् २०१४ मा नेपाल भ्रमणमा आएका बेला सुस्ता र कालापानीलगायत क्षेत्रको सीमा विवाद समाधान गर्न परराष्ट्रसचिवस्तरीय संयन्त्र गठन भएको थियो। बीचमा लिम्पियाधुरा, लिपुलेक, कालापानी नक्सा प्रकरण र कोभिडले प्रभावित सीमा समस्याको संवाद अब सुरु हुने वातावरण बनेको हो।

मोदीले संयुक्त पत्रकार सम्मेलनमा देउवाको स्वागत गर्दै नेपाल–भारत सम्बन्धलाई उचाइमा पुर्‍याउने मुद्दाहरूमा बलियो समर्थन प्रस्तुत गरे। 

भारतका पुराना मित्र देउवाको भ्रमणले आफू प्रसन्न भएको उल्लेख गर्दै मोदीले देउवाको आगमनलाई शुभ आगमन भने। ‘देउवाजी भारतको पुरानो मित्र हो। प्रधानमन्त्रीको रूपमा उहाँको पाँचौं यात्रा हो,’ मोदीले भने, ‘नेपाल–भारत सम्बन्ध विकासमा देउवाजीको महत्वपूर्ण भूमिका छ।’ अन्नपुर्ण पोष्ट दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको