अडानी ग्रुपका चेयरम्यान गौतम अडानी एसियाको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । उनले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई जितेर यो स्थान हाँसिल गरेका हुन् ।
ब्लुमबर्ग बिलियनायर्स इन्डेक्सका अनुसार ५९ वर्षीय अडानीको नेटवर्थ १०० बिलियन डलर पुगेको छ । उता अम्बानीको नेटवर्थ भने ९९ बिलियन डलर रहेको छ । फोब्र्सको सूचीमा अडानी यसअघि नै अम्बानीभन्दा अघि रहिसकेका थिए ।
ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अडानीलाई संसारको धनीमध्ये १०औं नम्बरमा राखेको छ । अब अम्बानीको नम्बर ११ मा पुगेको छ ।
यो वर्षको कमाइमा अडानीले सबैलाई उछिने । उनको नेटवर्थमा यो वर्ष अहिलेसम्म २३.५ बिलियन डलरले बढोत्तरी भयो । अम्बानीको नेटवर्थमा भने ९.०३ बिलियन डलरले बढाेत्तरी आएको छ । शीर्ष १० धनाढ्यको सूचीमा रहेका अन्य सबै व्यक्तिमध्ये अडानीको सम्पत्तिमा यो वर्ष सबैभन्दा बढी वृद्धि भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस