Like us!
Follow us!
Connect us!
Watch us!

"नेप्से बटमको नजिकः अत्यावश्यक बाहेक सेयर नबेचौँ, यो बेच्ने हैन कित्ता थप्ने बेला हो"

अर्थ संसार टक

आइतबार, २० चैत्र २०७८, १५ : ४८ मा प्रकाशित

यो बेला आत्तिएर सेयर बेच्ने बेला नभई छानी छानी राम्रा कम्पनीहरुको सेयर किन्ने अवसर भएको बताउँछन् सेयर विश्लेषक एवमं सिए नवराज बुर्लाकोटी ।

‘अहिले बजार धेरै नै घटिसकेको पनि छ मेरो विचारमा त नेप्से बटमको नजिकै छ यस्तो बेला अति आवश्यक बाहेक सेयर बेच्नु राम्रो होईन बरु यस्तो बेलामा त छानी छानी राम्रा कम्पनी थप्ने बेला हो अहिले सेयर किन्ने ट्रेडरको त म भन्न सक्दिन तर अहिले किन्ने इन्भेष्टरले ६ महिनामा कम्तिमा पनि २० प्रतिशत पक्का कमाउँछन्’ उनले भने । 

‘सेयर बजार भनेको बचतलाई कलेक्सन गर्ने थलो हो, म आफू ट्रेडिङलाई भन्दा पनि इन्भेष्टमेन्टलाई प्रिफर गर्छु’ उनले भने ‘मैले सुरुमा आफुसँग भएको सानो सानो रकमलाई बचत गर्ने माध्यमका रुपमा सेयर बजारलाई प्रयोग गरेको थिँए, मेरो अध्ययन पनि यही क्षेत्रमा भएको र गरेको लगानीबाट नाफा कमाउँदै जाँदा लगानी गर्ने थप हौसला मिल्यो’ विगतलाई सम्झिँदै उनले भने । 

बजारमा अहिले देखिएको करेक्सनले आफू नआत्तिएको बताउँछन् उनी । ‘मलाई बजारको उतार चढाव बानी भइसक्यो यो घट्ने र बढ्ने सेयर बजार मात्र पनि त होईन सबै कुराको मूल्य बढ्ने घट्ने त हुन्छ नै’ उनले भने ‘अल्पकालिन रुपमा कम्पनीको मूल्य मात्र घटेको हो सेयरको कित्ता त घटेको छैन नी बरु बोनस थपिँदा कित्ता बढेकै छ सेयरमूल्य त कहिले बढ्छ कहिले घट्छ यो त सामान्य चक्र नै हो बजारमा करेक्सन आँउदैमा आत्तिनु पर्ने जस्तो म देख्दिँन म सर्टटर्म भन्दा पनि लङटर्म इन्भेष्टमेन्ट गर्ने भएकाले म आत्तिने र मात्तिने गर्दिँन ।’

सेयर बजारलाई पुर्णकालिन भन्दा पनि पार्टटाइम व्यवसायका रुपमा दिनुपर्नेमा उनको जोड छ । सेयर बजारलाई पार्ट टाइमका रुपमा दिनुपर्छ अनि लगानी गर्दा ट्रडिङ भन्दा पनि दिर्घकालिन लगानी गर्न सके यसबाट सबैलाई राम्रो हुने उनको तर्क छ । उनका अनुसार दिर्घकालिन लगानीकर्ताहरुका लागि त बजारको करेक्सन भनेको त लगानीको अवसर पनि हो । 

अहिलेको घट्दो बजारमा सेयर बचेर बस्नुभएको छ भन्ने प्रश्नमा उनले भने ‘अहिले मैले सेयर बेच्ने हैन छानी छानी थपिरहेको छु, कतैबाट केही पैसा आयो भने मैले छानी छानी सेयर किनेको छु यो बेला भनेको छानी छानी सेयर किन्ने बेला पनि हो अतिआवश्यक अवस्थामा बाहेक अहिले सेयर बेच्ने बेला होइन ।’

अर्थतन्त्र पहिलेको अवस्था नभएकाले बजार तत्काल नै फर्किने अवस्था देख्दैनन् उनी । बजारमा अहिले देखिएको साइडवेज ट्रेन्ड अझै केही लम्बिन सक्ने उनको अनुमान छ । अब नयाँ आर्थिक वर्षमा आउने नयाँ बजेटले केही नीतीगत परिवर्तन गर्नसक्ने भन्दै उनले त्यसपछि बजारले राम्रो लय समात्न सक्ने बताए । अहिले बजार करिब करिब बटम लेभलमा आएको भन्दै उनले अहिले आफूले छानी छानी सेयर किनिरहेको बताए । 

मनिसले जहिलेपनी आफ्नो आम्दानीको योजनावद्ध रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिन्छन् उनी । आफूले गरेको आम्दानी कति कहाँ लगानी गर्ने, कति खर्च गर्ने भन्ने कुराको लेखा जोखा सधै गर्नुपर्छ अझ हाम्रो जस्तो देशमा त भविष्यका लागि पनि योजनाबद्ध रुपमा लाग्नुपर्ने उनको तर्क छ ।
 
उनीसँग गरिएकाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको