Like us!
Follow us!
Connect us!
Watch us!

कम्पनीप्रतिकाे आराेप कपोकल्पित, कानुनी प्रक्रियाबाट गलत सावित गर्नेछाैँ : गोल्डम्यान इन्भेष्टमेन्ट

अर्थ संसार

सोमबार, २१ चैत्र २०७८, १४ : २२ मा प्रकाशित

कम्पनीप्रतिकाे आराेप कपोकल्पित, कानुनी प्रक्रियाबाट गलत सावित गर्नेछाैँ : गोल्डम्यान इन्भेष्टमेन्ट

गोल्डम्यान इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले कम्पनीप्रति आएका समाचारबारे बाेल्दै एक प्रेस विज्ञप्ति सार्वजनिक गरेकाे छ ।

विज्ञप्तिमा भनिएकाे छ, "यस गोल्डम्यान इन्भेष्टमेन्ट कम्पनीबारे पछिल्लो समय केही अनलाइन सञ्चार माध्यमहरूमा आएका भ्रामक, कपोकल्पित समाचारबारे यस कम्पनीको ध्यानाकर्षण भएको छ, कपोकल्पित समाचारहरु प्रकाशन भएकोप्रति कम्पनी खेद व्यक्त गर्दछ।"

कम्पनी ऐनअनुसार दर्ता भएर वैधानिक रुपमा चलिरहेको यस कम्पनीविरुद्ध दुषित मनाशय राखेर समाचारहरु प्रकाशन भएकोमा आफ्ना साझेदार, स्टेकहोल्डर तथा सम्पूर्ण नेपालीमा भ्रममा नपर्न विज्ञप्ति मार्फत् कम्पनीले अनुरोध गरेकाे छ ।

"गोल्डम्यान इन्भेष्टमेन्ट लिमिटेड आफैमा एक पब्लिक लिमिटेड कम्पनी हो र यसले स्थापनादेखि कम्पनी ऐन २०६३ अनुसार आफ्ना काम गर्दै आइरहेको छ र गरिरहने प्रतिबद्धता व्यक्त गर्दछ । हामी यस्ता तथ्यहिन र हामीमाथि दराशय राखेर लेखिएका समाचारप्रति विश्वास नगर्न तपाईंहरु सम्पूर्णलाई अनुरोध गर्दछौँ । हामी नेपालको कानुनअनुरुप चलिरहेकाले हामीविरुद्ध कुन्ठित मनासय राख्नेहरुविरुद्ध कानुनी प्रक्रियाबाट गलत सावित गर्नेछौं ।", विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे विज्ञप्ति यस प्रकारकाे छ :

No description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको