Like us!
Follow us!
Connect us!
Watch us!

यी तीन प्रदेशका पहाडी भूभागमा वर्षाकाे सम्भावना

अर्थ संसार

मंगलबार, २२ चैत्र २०७८, ०७ : ०३ मा प्रकाशित

यी तीन प्रदेशका पहाडी भूभागमा वर्षाकाे सम्भावना

हाल नेपालमा भारतको बिहार तथा  आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही मुलुकका अन्य भूभागमा मौसम सामान्यतया सफा छ ।  

दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । प्रदेश १ को पहाडी भूभागका थोरै स्थान र बागमती तथा गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति  प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बुधबार प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।  प्रदेश १ का पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको आँकलन गरिएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको