Like us!
Follow us!
Connect us!
Watch us!

बर्डफ्लुको संक्रमण बढेपछि उच्च सतर्कता अपनाउन आग्रह

पत्रपत्रिका

बुधबार, २३ चैत्र २०७८, ०६ : ४७ मा प्रकाशित

बर्डफ्लुको संक्रमण बढेपछि उच्च सतर्कता अपनाउन आग्रह

चराचुरुंगी तथा पन्छीजन्य रोग बर्डफ्लुको संक्रमण बढ्दै गएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पोल्ट्री व्यवसायीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । सरकारले संक्रमण नियन्त्रणका लागि उचित कदम चाल्न नसक्दा करीब २ महीना अवधिमा १३ ओटा जिल्लामा बर्डफ्लुको संक्रमण फैलिसकेको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष बर्डफ्लुको संक्रमण बढेको बताए । मन्त्रालय र पशुसेवा विभागले आकलन गरेको भन्दा व्यापक रूपमा संक्रमण दर फैलिएकाले उच्च सतर्कता अपनाउनुपर्ने उनले बताएका छन् ।

संक्रमण दर दिनप्रतिदिन बढ्दै गए पनि संक्रमण तत्काल रोक्न जनशक्ति र बजेटको अभाव रहेको उनले बताए । संक्रमण रोकथाम तथा क्षतिपूर्तिका लागि विभागसँग यस वर्ष १ करोड २१ लाख रुपैयाँ बजेट छ । तर हालको संक्रमणको अवस्था हेर्दा यसको नियन्त्रणका लागि १० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।

विभागका अनुसार हालसम्म काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, सिन्धुपाल्चोक, कास्की, मोरङ, उदयपुर, सुनसरी, बारा, पर्सा र धनुषामा बर्डफ्लुको संक्रमण पुष्टि भइसकेको छ । विभागले सूचना जारी गर्दै संक्रमण भेटिएका स्थानबाट अन्य स्थानमा पशुपन्छी तथा मासुको ओसारपसार नगर्न र सम्पूर्ण पोल्ट्री व्यवसायीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका प्रवक्ता डा. चन्द्र ढकालले संक्रमण ठूला फार्महरूमा व्यापक रूपमा फैलिरहेकाले थोरै जनशक्तिले काम गर्न समस्या भइरहेको बताए । आर्थिक अभियान दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको