Like us!
Follow us!
Connect us!
Watch us!

बोनसमा लाग्न कर तिर्न लघुवित्तको आग्रह, कर नतिरे बोनस नपाईने

अर्थ संसार

बुधबार, २३ चैत्र २०७८, ०६ : ५८ मा प्रकाशित

बोनसमा लाग्न कर तिर्न लघुवित्तको आग्रह, कर नतिरे बोनस नपाईने

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरूलाई बोनस सेयर वितरणको लागि कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । 

संस्थाले २०७६ साल पुस २३ गते पश्चात् सेयर खरीद गरेका वा प्राथमिक सेयर निष्काशनमा बाँडफाँडमा परी हालसम्म सो सेयर कायम रहेका सेयरधनीहरुको हकमा सो सेयरमा प्रचलित आयकर ऐन, २०६३ को दफा ४७ (क) अन्तर्गतको व्यवस्था बमोजिम कर लाग्ने र सो कर वापतको रकम सेयरधनी स्वयंले नै तिर्नुपर्ने भएकाले बोनस सेयर बापतमा लाग्ने कर रकम जम्मा गर्न आग्रह गरेको हो ।

सेयरधनीहरूले संस्थाको नाममा रहेको बैंक खातामा कर बापतको रकम जम्मा गरी आफ्नो बोनस सेयर प्राप्त गर्न सक्नेछन् । कर वापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नं., नाम तथा सम्पर्क नम्बर समेत अनिवार्य उल्लेख गर्न संस्थाले आग्रह गरेको छ ।

बोनसमा तिर्नुपर्ने करको रकमको जानकारी प्राप्त गर्न आफूले प्राप्त गर्ने बोनस सेयरमा लाग्ने करको विवरण संस्थाको सेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेडको वेबसाईट www.nmbcl.com.np मा गई हेर्न सकिनेछ ।

त्यसैगरी, संस्थाले बुकक्लोजको समयमा सेयर रोक्का रहेका शेयरधनीहरूको बोनस सेयर फुकुवापत्र प्राप्त भएपश्चात् मात्र खातामा पठाइने समेत जनाएको छ । हालसम्म आफ्नो शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरूले आफ्नो शेयर  अभौतिकीकरण गराएपछि मात्र बोनस प्राप्त गर्नेछन् । 

संस्थाको पुस ३० गते सम्पन्न १२ औँ वार्षिक साधारण सभाबाट गत आर्थिक बर्षकाको मुनाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको थियो । 

संस्थाले जारी गरेको सूचना यस्तो छः

624ce956c6821.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको