Like us!
Follow us!
Connect us!
Watch us!

कालिका लघुवित्तको साधारणसभा आज, के के छन् प्रस्ताव ?

अर्थ संसार

बुधबार, २९ चैत्र २०७९, ०६ : १७ मा प्रकाशित

कालिका लघुवित्तको साधारणसभा आज, के के छन् प्रस्ताव ?

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ औँ बार्षिक साधारणसभा आज चैत्र २९ गते होटल टास्क इन्टरनेशन बुद्धचोक पोखरामा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७रर७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

सभामा अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९र८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

संस्थाले साधारणसभा प्रयोजनको लागि चैत्र १६ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको थियो त्यसैले चैत्र १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको