Like us!
Follow us!
Connect us!
Watch us!

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा जल्सनसँगको सहकार्यमा “स्टुडेन्ट मिट २०२०” सम्पन्न

अर्थ संसार

विहीबार, २४ चैत्र २०७८, ११ : २९ मा प्रकाशित

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा जल्सनसँगको सहकार्यमा “स्टुडेन्ट मिट २०२०” सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा. ली ले चैत्र २२ गते जापानीज ल्याङ्वेज स्कुल एसोसिएसन अफ नेपाल (JALSAN) सँगको सहकार्यमा "Students Meet, 2022" कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा JALSAN सँग आवद्य ४० भन्दा बढि Educational Consultancy हरु मार्फत जापान जान लागेका २०० भन्दा बढि विद्यार्थीको सहभागिता रहेको थियो ।

सोहि कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनद्वारा जापान जान लागेका विद्यार्थीहरुलाई जापानी संस्कृतीको बारेमा जानकारी दिनुको साथसाथै जापान पुगे पश्चात आफूले मिहेनत गरेर कमाएको पैसा बैंकिङ्ग च्यानल मार्फत मात्र पठाउन हुन उत्प्रेरित गरे । 

यसको साथसाथै उक्त कार्यक्रममा हाल जापान बसेर सिटी एक्सप्रेस मनी ट्रान्सफर जापान कम्पनी लिमिटेडमा दर्ता भएका १० भाग्यशाली विजेताहरुलाई ‘सिटी आयो पुरस्कार ल्यायो’ योजना अन्र्तगत जनही रु १०,००० (रु दश हजार) पुरस्कार विधुतीय लक्की ड्र सिस्टम मार्फत बिजेता घोषणा पनि गरिएको थियो । सिटी एक्सप्रेसले JALSAN सँगको सहकार्यमा जापानमा अध्ययनरत विधार्थीहरुको लागी हरेक वर्र्ष पुरस्कार प्रदान गर्ने योजना समेत बनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको