Like us!
Follow us!
Connect us!
Watch us!

न्यून चापीय प्रणालीको सामान्य प्रभाव, कस्ताे छ आजकाे माैसम ?

अर्थ संसार

शुक्रबार, २५ चैत्र २०७८, ०७ : २५ मा प्रकाशित

न्यून चापीय प्रणालीको सामान्य प्रभाव, कस्ताे छ आजकाे माैसम ?

हाल नेपालमा भारतको बिहार तथा  आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ को पहाडी  भूभागका  केही  र बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । 

राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको