Like us!
Follow us!
Connect us!
Watch us!

३८ निर्माण कम्पनीलाई कारवाही गर्ने चेतावनी, ७ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन

अर्थ संसार

शुक्रबार, २५ चैत्र २०७८, ०८ : १० मा प्रकाशित

३८ निर्माण कम्पनीलाई कारवाही गर्ने चेतावनी, ७ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन

नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन, जनकपुरले समयमा काम सम्पन्न नगर्ने ३८ वटा निर्माण व्यवसायीलाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

कार्यालयद्वारा आज जारी सूचनामा यस कार्यालयको विभिन्न ठेक्काहरु अर्न्तगत कार्यको प्रगति सन्तोषजनक नरहेको तथा लामो समय व्यतित हुँदा पनि कार्य प्रगति सुधार नभएको सन्दर्भमा पटक पटक मौखिक तथा लिखित निर्देशन दिइएकोमा हालसम्म पनि कार्य प्रगतिमा सुधार नभएको, पेश भएको कार्यतालिका बमोजिम कार्य नभएको, साथै कार्य सम्पन्न गर्ने तर्फ अग्रसर भएको नदेखिएको हुँदा विश्वसनीय स्पष्टीकरण सहित यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आधिकारिक प्रतिनिधि स्वयं यस कार्यालयमा उपस्थित हुनु हुन तथा सडकरपुल निर्माण सुधार कार्य यथाशक्य चाँडो सम्पन्न गर्नुहुन पूनः जानकारी गराइन्छ, अन्यथा प्रचलित कानुन एवं ठेक्का सम्झौताका शर्तहरु वमोजिम कारवाही प्रकृया अगाडी वढाइने व्यहोरा उल्लेख छ।  

यस्तो छ सूचनाः

624f9d75e8ea8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको