Like us!
Follow us!
Connect us!
Watch us!

ठेक्का पाएकाे कम्पनी सम्पर्कविहीन, ठेक्का तोडेर कालोसूचीमा राख्ने चेतावनी

अर्थ संसार

विहीबार, २४ चैत्र २०७८, ०७ : ५६ मा प्रकाशित

ठेक्का पाएकाे कम्पनी सम्पर्कविहीन, ठेक्का तोडेर कालोसूचीमा राख्ने चेतावनी

मस्जिद जिर्णाेद्वारको ठेक्का पाएको एक कम्पनी काम नै नगरी सम्पर्कविहीन भएपछि पुरातत्व विभागले कारबाहीको चेतावनी दिएको छ ।

तनहुँको भिमाद नगरपालिका-१० मा मस्जिद जिर्णाेद्वारका लागि विभाग र वाइल्डस्टोन कन्स्ट्रक्सन ब्यासबीच ३ चैत ०७७ मा सम्झौता भएको थियो ।

तर, थपिएको म्याद गुज्रिएको चार महिना वित्दा पनि निर्माणको काम ३० प्रतिशत मात्र सकिएको छ । निर्माणको काम पनि स्वीकृत ड्रइङ डिजाइनअनुसार नभइ त्रुटिपूर्ण रहेको विभागको भनाइ छ ।  

काम सच्याएर थप काम अगाडि बढाउन सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएको भन्दै  विभागले ठेक्का रद्द गरेर कालोसूचीमा राख्न सिफारिस गर्ने चेतावनी दिएको हो  ।  

विभागले कम्पनीलाई ४ फागुनमा पत्राचार गरेको र  १२ फागुनमा सार्वजनिक सूचना जारी गरिएको जनाएको छ । तर, ठेकेदार कम्पनी सम्पर्कमा नआएपछि बिहीबार पुनः सार्वजनिक सूचना जारी गरेर सात दिने स्पष्टिकरण सोधिएको हो ।

सम्झौता अनुसार १५  असार ०७८ मा काम सम्पन्न गर्नुपर्ने भए पनि  २७ पुस ०७८ सम्म म्याद थपिएकाे थियाे । उक्त म्याद पनि गुज्रिसकेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको