Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री र गभर्नर बिच सार्वजनिक कार्यक्रममै चर्काचर्की, आरोप प्रत्यारोपमै किन उत्रिए?

अर्थ संसार

शुक्रबार, २५ चैत्र २०७८, १२ : ४४ मा प्रकाशित

अर्थमन्त्री र गभर्नर बिच सार्वजनिक कार्यक्रममै चर्काचर्की, आरोप प्रत्यारोपमै किन उत्रिए?


अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग असन्तुष्टी जनाएका छन् । राष्ट्र बैंकले आयोजना गरेको अर्थ र वित्त सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले राष्ट्र बैंकले मन्त्रालयमा पठाएको सुझाव मिडियामा चुहाएकोमा असन्तुष्टी जनाएका हुन् । उनले राष्ट्र बैंक नियमनकारी निकायमात्र नभएको भन्दै अर्थतन्त्रको बारेमा अध्ययन अनुसन्धान गर्ने संस्था पनि भएकोले त्यसमा जिम्मेवार नभएकोमा असन्तुष्टी व्यक्त गरे ।

अर्थमन्त्री शर्मा बोल्नु अगाडि बोलेका गभर्नर अधिकारीले अर्थतन्त्र श्रीलंकाको बाटोमा जानसक्ने खतरा देखाएका थिए । गभर्नर अधिकारीले अर्थतन्त्रमा बाह्य जोखिम कायम रहेको आयात नघटेमा श्रीलंकाजस्तो स्थिती आउन सक्ने चेतावनी दिए ।

‘आयात बढ्दै जाने तथा सो अनुसारको विदेशी मुद्रा आर्जन नभएमा श्रीलंकाको बाटोमा हामी जान सक्छौ, अहिले अर्थतन्त्रमा बाह्य क्षेत्रको स्थायीत्व प्रमुख चुनौतीको रुपमा देखिएको छ,’ गभर्नर अधिकारीले भने । गभर्नर अधिकारीले चालु आर्थिक वर्षको शुरुदेखि नै रेमिट्यान्स घट्दै गएको तथा आयात बढेको कारण शोधानान्तर घाटा भएको र बैंकमा तरलता अभाव रहेको बताए ।

त्यसमा अर्थमन्त्री शर्माले नेपाली अर्थतन्त्र श्रीलंकाको बाटोमा जान लागेकोमा आंतकित नपार्न समेत अनुरोध गरे । अर्थतन्त्रमा समस्या भएपनि श्रीलंकाको बाटोमा नगएको भन्दै सुधार गर्ने विषयमा बहस गर्नुपर्नेमा जोर दिए । पर्यटकको संख्या बढाउन विभिन्न नीतिहरु बनाएको र काम गरिरहेको भन्दै सेवा क्षेत्रमा खास गरेर सूचना प्रविधि क्षेत्रबाट फरक ढंगले विदेशी मुद्रा ल्याउन सक्ने सम्भावना रहेको बताए । ‘साढे ६ महिनाको वस्तु तथा सेवा आयात धान्ने विदेशी सञ्चिती छ, यसलाई अब घट्न दिनु हुँदैन,’ अर्थमन्त्री शर्माले भने ।

उनले डिजिटल प्रणालीले सकारात्मकसँगै नकारात्मक प्रभाव पारेको बताए । ‘मैले ५ महिनाअघि क्रिप्टोकरेन्सीले पार्ने प्रभावको बारेमा गभर्नरसाबलाई भनेको थिए, मैले त्यो बेला यसको बारेमा बुझेको पनि थिएन, क्रिप्टो हाइपर फण्डको बारेमा हामीले बुझ्न सकेनौ,’ अर्थमन्त्रीले शर्माले भने । 

उनले गभर्नर अधिकारीलाई स्थायीत्व बारेमा समेत प्रश्न गर्दै राष्ट्र बैंकले आफ्नो अनुसन्धानबाट अध्ययन अनुसन्धान गरेर प्रक्षेपण गर्न नसेको बताए । ‘स्थायीत्व मात्रै भनेर भएन, हामीले अध्ययन अनुसन्धान गर्न सकेनौ, यसबाट सिक्दै जाने हो,’ अर्थमन्त्री शर्माले भने ।

उनले १२ दिनअघि देखि कसले एलसी खोले र त्यसको रेकर्ड आफूलाई चाहिने भन्दै गभर्नर अधिकारीलाई रेकर्ड दिन निर्देशन दिए । उनले आफूले गभर्नरसँग सल्लाहकारको हिसाबले सुझाव लिँदा दबाब दिएको भन्ने अनावश्यक आरोप लाग्ने गरेको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको