Like us!
Follow us!
Connect us!
Watch us!

भन्सार एजेन्टको लिखित परीक्षाको परिक्षा केन्द्र सार्वजनिक

अर्थ संसार

शनिबार, २६ चैत्र २०७८, ०६ : ४५ मा प्रकाशित

भन्सार एजेन्टको लिखित परीक्षाको परिक्षा केन्द्र सार्वजनिक

आगामी १७ वैशाखमा हुने भन्सार एजेन्टको लिखित परीक्षाको परिक्षा केन्द्र सार्वजनिक भएको छ । विज्ञापनको एक वर्षपछि परीक्षा सञ्चालन हुने भएको हो । भन्सार विभागले आज शनिबार सूचना प्रकाशन गर्दै परिक्षा केन्द्र सार्वजनिक गरेको हो ।

आरक्षण व्यवस्था नगरिएको भन्दै क्रिष्टिना थैवले भन्सार विभागविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन् । थैवले भन्सार एजेन्ट सम्बन्धी सो विज्ञापनमा आरक्षण कोटा राख्नुपर्ने भन्दै मागदाबी गरेकी थिइन् । गत वर्ष १६ चैतमा भन्सार एजेन्ट इजाजत पत्रका लागि दरखास्त  भएको थियो ।

भन्सार एजेन्टको परीक्षा सोही वर्षको  २२ जेठ र २९ माघमा तोके पनि दुवै पटक स्थगित भएका थिए । यसअघि २८ फागुनमा परीक्षा तय भए पनि मुद्दाका कारण रोकिएको थियो । 

६६० पदका लागि साढे ९ हजारले आवेदन दिएको भन्सार विभागले जनाएको छ । 

परिक्षा केन्द्रहरुः

6250daf335b0c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको