Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा डलरको अवस्था के छ ?

अर्थ संसार

सोमबार, २८ चैत्र २०७८, १२ : ०४ मा प्रकाशित

नेपालमा डलरको अवस्था के छ ?

मुलुकको वित्तिय बजारमा आर्थिक तरलता संकट देखिएसंगै समग्र अर्थतन्त्रबारे चिन्ता व्यक्त हुन थालेका छन् । कोरोना संकट लगतै देखिएको तरलताको अवस्था भन्दा पछिल्लो समय स्थीतिमा केही सुधार आएपनि समाधान भईसकेको छैन । 

यहिबिच श्रिलंकामा देखिएको भयावह आर्थिक संकटले पनि आमसर्वसाधारण चिन्तीत छन् । यतिबेला धेरैको एउटै प्रश्न छ, कतै हाम्राे अवस्था पनि श्रिलंकाकै जस्तो त हुँदैन ? तर अर्थतन्त्रका जानकार र सरकारी अधिकारीहरु भने नेपालमा डलरको संचिती राम्राे भएकाले श्रिलंकाको जस्ताे अवस्था नआउने बताउँछन् ।

यतिबेला नेपाल राष्ट्र बैंकमा ९ अर्ब ५० करोड डलरको संचिती रहेको तथ्याङले देखाएको छ । तर यो संचिती गत आर्थिक वर्ष समाप्ती हुदाको तुलनामा १७ प्रतिशतले कम हो । अधिकारीहरुले भने यो संचितीलाई पनि राम्राे अवस्था भनेर टिप्पणी गरेका छन् । र उनीहरुका अनुसार अहिलेको मुद्धा संचितीले ६-७ महिनाको लागी वस्तु तथा सेवाको आयात धान्न पुग्छ ।

चालु वर्षको ८ महिनाको आयात हर्दा १३ खर्बको छ । जबकी गत वर्षको कुल आयात १५ खर्ब ४० अर्बको भएको देखिन्छ । यसका लागी चाहीने वैदेशिक मुद्रा वा डलर आपुर्तीको सबैभन्दा ठुलो माध्यम रेमिटेन्स नै हो । नेपालको कुल गा्रहस्त उत्पादनमा २२% को हस्सेदारी राख्ने राख्ने रेमिटेन्समा पनि चालु आर्थिक वर्षमा गिरावट आएको छ । 

रेमिटेन्समा आएको गिरावटको कारण वैदेशिक रोजगारीमा जानेहरुको संंख्यामा कमी आएकाले नभई हुन्डी लगायतका अनौपचारीक माध्यम फस्टाउँदा भएको हो । साथै केहीले क्रिप्टोकरेन्सीमा लगानी गरेकाले पनि केन्द्रीय बैंकमा पैसा नआएको हुनसक्ने देखिन्छ ।

पर्यटनको माध्यमबाट पनि केही मात्रामा डलरको पूर्ती हुने भएपनि कोरोना संकट पछि पर्यटन व्यवसायमा निकै गिरावट आएको छ । जसका कारण त्यहाँबाट आउने वैदेशिक मुद्रामामा नरामा्रे असर परेको देखिन्छ । वस्तु तथा सेवाको निर्यातबाट नेपालमा थोरै मात्रै वैदेशिक मुद्रा नेपाल भित्रीन्छ । 

यसरी हेर्दा मुलुकमा डलरको अवस्था खासै राम्राे नभएको र आउने माध्यम पनि कमजोर हुँदै गएका छन् । परिमाण देशका लागी आउने दिन निकै कठीन हुनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको