Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार किन सधै तरल ?

सोमबार, ०२ साउन २०७४, १५ : ५४ मा प्रकाशित

सेयर बजार किन सधै तरल ?

अर्थ संसार, काठमाडौं– भ्याट प्रकरणका कारण सुस्ताएको बजारलाई नयाँ आर्थिक वर्षले राम्रैसँग स्वागत गरेको छ ।

भ्याट प्रकरणपछि सुस्तएको बजारलाई उकास्नेतर्फ सरकारी तवरबाट कुनै प्रयास नभएपनि बजारले आफ्नै लय समातेको छ । आर्थिक वर्षको सुरुवातीसँगै धितोपत्र बजारमा पनि नयाँ बाहार आउँछ कि भन्ने सन्देश दिएको छ ।

कहिले राम्रैसँग घट्ने र कहिले राम्रैसँग उकालिने गर्दै आएको बजारलाई नियमित राख्ने तर्फ कुनै उपकरणको प्रयोग भएको छैन । हल्ला र हावाका भरमा बजार प्रभावित भइरहेको छ भन्दा अन्यथा मान्न सकिदैन ।

फेरी एकाध व्यक्तिको हातमा बजार प्रभावित गराउने चलखेल पनि भएकै छ । तर आर्थिक वर्षको सुरुवात सँगै बजारले एउटा सामान्य लय पक्डन सफल भएको छ । जुन लगानीकर्ताका लागि भने खुसीको विषय हो ।

नयाँ आर्थिक वर्षको सुरुको दिन सामान्य अंकमा बढेको बजार आज भने दोहोरो अंकले बढेर नयाँ किर्तिमान कायम गर्ने दिशामा लम्केको देखिन्छ । तर भ्याट कसले तिर्ने र कसरी तिर्ने भन्ने सन्दर्भमा सरकारले हालसम्म कुनै प्रष्ट जवाफ दिएको छैन ।

सेयर कारोबार गर्दा धितोपत्र दलाल व्यावसायीले तिर्ने वा लगानीकर्ताले तिर्ने भन्नेमा कुनै निष्कर्ष निस्किएको छैन । सरकारले अल्पकालीन समाधान मात्रै निकालेको छ ।

त्यसले आगामी दिनमा बजार कसरी अगाडि बढ्न सक्छ भन्ने निक्र्याैल गर्न सक्छ भन्ने निक्र्याैल गर्नेछ । बजार असाध्यै तरल रुपमा रहेको छ । यसलाई समान्य हल्लाले पनि प्रभावित पार्न सक्छ । बजारमा दीर्घकालीन लगानी गर्नेहरुको समूह असाध्यै कम मात्रामा रहेको पाइन्छ ।

त्यसको अलावा नयाँ आर्थिक वर्षको सुरुवात सँगै सि आश्वा प्रणाली लागू भएको छ । डिम्याट खाताको संख्यामा समेत कडाइ गरिएको छ । त्यसले बजार व्यवस्थित बनाउन केही न केही सहयोग गर्ने विश्वास लिइएको छ ।

सेयर बजारमा प्रवाह हुन सक्ने कालोधनको मात्रालाई नियन्त्रण गर्ने तर्फ पनि नियमक निकायले ध्यान दिएको छ । तर दीर्घकालीन बजार विस्तारका लागि भने् हालसम्म कुनै ठोस पहल भने हुन सकेको छैन । जुन धितोपत्र बजारका लागि ग्राह्य तथा सहज भने हुँदै होइन ।

बजारमा साना लगानीकर्ताको हिस्सा पनि ठूलो रहेको छ । त्यो हिस्सालाई राहत दिने तर्फ नियमक निकायले कुनै पहल गरेको छैन ।

दीर्घकालीन बजार विस्तारका लागि पनि साना लगानीकर्ताको हितलाई ध्यान दिइनु जरुरी छ । यस्तै दोस्रो स्टक एक्चेन्ज स्थापना गर्ने वा नगर्ने भन्ने विषयले पनि बजारलाई प्रभावित पारेको केही विश्लेषकहरुको भनाइ छ । बजारलाई थप प्रभावकारी बनाउन तत्कालै केही नयाँ उपकरणको प्रयोग जरुरी देखिएको छ ।

यो पनि पढ्नुहोस्

नयाँ आर्थिक बर्षसँगै लगानीकर्ता बजारमा

डिम्याट खाता नविकरण नगरे कारोबार रोक्का

तपाई काठमाडौंमा व्यवसाय गर्दै वा गर्ने सोचमा हुनुहुन्छ ? कुन व्यवसायको कति कर तिर्नु पर्छ ? यहाँबाट हेर्नुहोस् (सूचीसहित)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको