Like us!
Follow us!
Connect us!
Watch us!

आँखुखोला जलविद्युतको अवितरित १७ लाख ५० हजार कित्ता सेयर लिलामीमा

अर्थ संसार

शुक्रबार, ०४ असोज २०८१, ०७ : ३७ मा प्रकाशित

आँखुखोला जलविद्युतको अवितरित १७ लाख ५० हजार कित्ता सेयर लिलामीमा

आँखुखोला जलविद्युत कम्पनीको अवितरित हकप्रद सेयर बिक्रीमा राखिएको छ। कम्पनीले १७ लाख ५० हजार २४८ कित्ता अवितरित हकप्रद सेयर सर्वसाधारणका लागि असोज ११ गतेदेखि आवेदन दिन पाउनेगरी बिक्री राखेको हो।

कम्पनीले गत साउन २७ गतेदेखि साउन भदौ १६ गतेसम्म १ः१.५ को अनुपातमा १ अर्ब २० करोड रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँका दरले १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री गरेको थियो। तर, बिक्री नभएको १७ लाख ५० हजार २४८ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्न लागिएको हो।

इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाले सेयर किन्न आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्।

लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ। इच्छुक लगानीकर्ताले असोज २० गतेभित्र आवेदन दिनुपर्नेछ। कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ हो।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको