अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीको निलम्बन सही भएको बताएका छन । अर्थ मन्त्रालयमा आयोजीत पत्रकार सम्मेलनमा सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले छानविन कमिटीले रिपोर्ट पेश गरेपछि सवै कुरा थाहा हुने बताएका हुन ।
उनले यस विषयको छानविन कमिटी बनिसकेको अवस्थामा गभर्नर निलम्बनबारे धेरै कुरा भन्न नमिल्ने जीकीर समेत गरे ।
‘राष्ट्र बैंक ऐनअनुसार नै गर्भनर निलम्बन गरेका हौ’ मन्त्री शर्माले भने, ‘किन गरियो भन्ने बारेमा हामीले छानबिन कमिटी बनाएका छौं । त्यो कमिटीले छानबिन गरेर हामीलाई रिपोर्ट दिनेछ । त्यो रिपोर्टले सबै प्रश्नको जवाफ दिनेछ ।’ अर्थमन्त्री जनार्दन शर्माले छानबिन कमिटीले एक महिनाभित्र रिपोर्ट दिएपछि सवै कुरा सार्वजनिक हुने पनि बताएका छन् ।
अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रबारे गलत हल्ला फैलाएर राजनीतिकरण गरिएको समेत बताए । उनले नेपालको अर्थतन्त्र सकारात्मक दिशातर्फ जाने समेत बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस