Like us!
Follow us!
Connect us!
Watch us!

विदेशी मुद्राको सञ्चिति कति ? (अर्थमन्त्रीको सम्बोधनको पूर्णपाठ)

अर्थ संसार

मंगलबार, २९ चैत्र २०७८, ०५ : ५२ मा प्रकाशित

विदेशी मुद्राको सञ्चिति कति ? (अर्थमन्त्रीको सम्बोधनको पूर्णपाठ)

अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्राको सञ्चिति करिब सात महिनाका लागि पर्याप्त रहेको बताएका छन् । अर्थमन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले मुन्द्राको सञ्चिति करिब सात महिनाका लागि प्रयाप्त रहेको बताएका हुन् ।

असार मसान्त २०७८ सम्म १३९९ अर्ब ३ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति १६।२ प्रतिशतले कम भई फागुन मसान्त २०७८ सम्म ११७१ रुपैयाँ कायम भएको बताएको छ ।

अर्थमन्त्रीको सम्बोधनको पूर्णपाठ:

विज्ञप्ति

नेपालको वर्तमान आर्थिक अवस्थाको सम्बन्धमा चासो र चिन्ता दर्शाउँदै आम सञ्चार माध्यममा व्यक्त गरिएका धारणा प्रति अर्थ मन्त्रालयको ध्यान आकृष्ट भएको छ। यस प्रकारकापृष्ठपोषणबाट अर्थतन्त्रको नियमित विश्लेषण गरी उपयुक्त नीतिगत कदमहरु चाल्न अर्थ मन्त्रालयलाई सहयोग पुग्ने विश्वास छ।अर्थ मन्त्रालयले अर्थतन्त्रको वर्तमान अवस्था सम्बन्धमा नियमित रुपमा विश्लेषण गरी विभिन्न नीतिगत उपायहरु र कार्यक्रमहरु कार्यान्वयन गरिरहेको व्यहोरा सबैमा अवगतै छ।अर्थतन्त्रका समष्टिगतपरिसूचकहरु सामान्य नै रहेको छ। तथापि, बाह्य क्षेत्रमा केहि दवाव सिर्जना भएकोले आयात व्यवस्थापन र विदेशी विनिमय सञ्चितिलाई बढावा दिने गरी केही नीतिगत कदमहरु चालिसकिएको छ।अर्थतन्त्रको वर्तमान अवस्थाको सम्बन्धमा आम नागरिक तथा सरोकारवालालाई जानकारी दिन चालु आर्थिक वर्षको हालसम्मको सूचकहरुको अवस्था प्रस्तुत गरेको छुः

आर्थिक वृद्धि तथाकुल गार्हस्थ्य उत्पादन

1.   आर्थिक वर्ष २०७६/७७ आर्थिक वृद्धि २.१ प्रतिशतले ऋणात्मक हुन गएकोमा आर्थिक वर्ष२०७७/७८ मा पनिकोभिड-१९ महामारीको दोस्रो लहरको प्रतिकूलताले  अर्थतन्त्रमा ७.० प्रतिशतको लक्ष्य अनुरुप उपलब्धि हासिल हुन नसकी केवल ४.० प्रतिशतमा सीमित हुने अवस्था छ।चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखिएको छ। कोभिड-१९ महामारीको कारण प्रभावित आर्थिक गतिविधि सामान्यीकरण हुँदै गएको तथ्यलाई २०७६ साल फागुनको तुलनामा २०७८ कार्तिक महिनासम्म करिव ९८ प्रतिशत उद्योग व्यवसायहरु सञ्चालनमा आएको,सेवा क्षेत्रमा क्रमशः सुधार हुँदै गएको अवस्था जस्तै उद्योगहरुको दर्ता एवं प्रत्यक्ष वैदेशिक रोजगारीमा पनि क्रमशः सुधार हुँदै गएको छ। यसबाट आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव पर्न जाने देखिन्छ।

मूल्य स्थिति

2.    विगततीनवर्षकोऔसतमुद्रास्फीति5.18प्रतिशतरहेकोमा चालु आर्थिक वर्षको पहिलो ८ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति ५.४ प्रतिशत रहेको छ। पछिल्लो समयमा विश्व बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै गएको कारण सो को प्रत्यक्ष प्रभाव नेपालको समग्र मूल्यस्तरमा परेकोले उपभोक्ता मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राख्न थप उपायहरु अवलम्बन गर्नुपर्ने स्थिति छ।
वैदेशिक व्यापार

3.    वस्तुआयातमाभएकोउच्चवृद्धिकाकारणव्यापारघाटाबढ्न गई अर्थतन्त्रमा दवाव सिर्जना भएको छ।चालुआर्थिकवर्षकोचैत्र २५ सम्म वस्तु आयातरनिर्यातक्रमश: रु.१४५०अर्ब७१करोडररु. 1५९अर्ब७६ करोडपुगेकोछ।आयातरनिर्यातअघिल्लोआर्थिकवर्षकोसोहिअवधिकोतुलनामा क्रमशः३३.९प्रतिशतर७२.८प्रतिशतलेवृद्धिभएकोछ।फलस्वरुप, व्यापारघाटाबढेर रु.1२९०अर्ब९६करोडपुगेकोछ।विश्व वजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले व्यापार घाटामा थप चाप पैदा गरेको छ।
विदेशी विनिमय सञ्चिति

4.    २०७८असारमसान्तसम्मरु.१३९९अर्ब३करोडरहेकोविदेशीविनिमयसञ्चिति१6.2प्रतिशतलेकमभई२०७८फागुनमसान्तमा रु.१17१अर्बकायमहुने देखिएकोछ।उक्तसञ्चिति करिब6.७ महिनाकोवस्तुतथासेवाकोआयातधान्नपर्याप्तरहनेदेखिन्छ।
विप्रेषण आप्रवाह

5.    चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममाविप्रेषणआप्रवाहमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा4.9 प्रतिशतलेकमीआईरु.६३१अर्ब1९करोडकायमभएकोछ। यस्तो आप्रवाह फागुन महिनामा मात्र ९१ अर्व प्राप्त भएको छ। यसले विप्रेषण आप्रवाह बढदै जाने संकेत गरेको छ।

पर्यटन 

6.    पछिल्लो समयमा नेपाल आउने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ। फलस्वरुप, सन् २०२२ को मार्चसम्म (पहिलो ३ महिनामा) नेपाल आउने पर्यटकको संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३८.६५ प्रतिशतले वृद्धि भई ७८ हजार ४ सय ४७ पुगेको छ।सन् २०२२ को मार्च महिनामा मात्र ४२ हजार ६ पर्यटक नेपाल भित्रिएका छन्।
वैदेशिक रोजगार

7.    चालु आर्थिक वर्षको फागुन मसान्तसम्मवैदेशिकरोजगारीकालागिश्रमस्वीकृति (संस्थागततथाव्यक्तिगतनयाँरवैधानिकीकरण) लिनेनेपालीकोसंख्या ३६३ प्रतिशतको उल्लेख्यवृद्धिभई२ लाख २६ हजार ७००पुगेकोछ।गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या७४.८ प्रतिशतले घटेकोथियो।त्यसैगरी यस अवधिमा वैदेशिक रोजगारीमा जान पुनःश्रमस्वीकृतिलिनेनेपालीकोसंख्या १९२ प्रतिशतको उल्लेख्यवृद्धिभई१ लाख ७८ हजार २६२पुगेकोछ।गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या६५.२ प्रतिशतले घटेकोथियो
वैदेशिक लगानी 

8.    चालु आर्थिक वर्षको फागुनसम्म उद्योग विभाग मार्फत रु.३३ अर्ब ३८ करोड बैदेशिक लगानीको प्रतिवद्धता प्राप्त भएको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.३ प्रतिशतले बढी हो। २०७८माघ मसान्तसम्म लगानी बोर्ड नेपाल मार्फत रु. ८२अर्ब ४७ करोड बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ।
सार्वजनिक खर्च

9.    चालुआर्थिकवर्षकोचैत्र २६ गतेसम्मसंघीयसरकारकोकुलखर्चरु.७६८अर्ब२५करोड (कुल विनियोजनको ४७.०५ प्रतिशत)रहेको छ। यस्तो खर्च अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६७२ अर्ब ७८ करोड (कुल विनियोजनको ४५.६२ प्रतिशत)मात्र रहेको थियो। चालु आर्थिक वर्षको यस अवधिमा भएको खर्च गत आर्थिक वर्षको सोही अवधिको भन्दा१४.२प्रतिशतले बढी हो।

10.    कूल खर्च मध्ये चालु खर्च रु.६०५अर्ब६३करोड अर्थात विनियोजनको ५६.८५ प्रतिशत र पुँजीगत खर्च रु. ९७ अर्ब ६६ करोड अर्थात विनियोजनको २५.८३ प्रतिशत रहेको छ । त्यस्तै वित्तीय व्यवस्था अन्तर्गतको खर्चरु .६४ अर्ब ९७ करोड अर्थात३४.२९प्रतिशतरहेकोछ।अघिल्लोआर्थिकवर्षकोसोहीअवधिमा विनियोजित बजेटका आधारमा चालु खर्च ५४.३८ प्रतिशत,पुँजीगत खर्च २८.०८ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ३३.३३ प्रतिशत मात्र रहेको थियो।


राजस्व
11.    आर्थिकवर्ष २०७८/७९ को चैत्र २६ गते सम्ममा राजस्व परिचालन अघिल्लो वर्षकोसोही अवधिकोतुलनामा १५.९० प्रतिशतले वृद्धिभई रु.७५० अर्ब ३४ करोड पुगेको छ । जुन राजस्व परिचालनमा बजेटले लिएको लक्ष्यको तुलनामा ६३.५६ प्रतिशत हो ।यस अवधिमा कर राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.९३ प्रतिशतले बढेर रू.६९० अर्ब ३५ करोड (लक्ष्यको ६४.६४ प्रतिशत) रहेको छ भने गैरकर राजस्व २८.४२ प्रतिशतले बढेर रू.५९ अर्ब ९९ करोड (लक्ष्यको ५३.२६ प्रतिशत) पुगेको छ।

आन्तरिक तथा वाह्य ऋण
12.    चालु आर्थिक वर्षमा रु.२३९ अर्ब बराबरको आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य लिइएकोमा यस आर्थिक वर्षको चैत्र २८ गते सम्ममा रु.१०५ अर्बबराबरको आन्तरिक ऋण परिचालन भएकोछ । हालसम्मरु.११६ अर्ब बराबरको वाह्य ऋण तथा रू. १३ अर्ब ८८ करोड वरावरको वैदेशिक अनुदान गरी जम्मा रू. १२९ अर्ब ८८ करोड बराबरको अन्तर्राष्ट्रिय विकास सहायता परिचालन भएको छ ।

13.    नेपालको सार्वजनिक ऋण वाञ्छित सीमाभित्र नै रहेको छ। २०७८ चैत्र २८ गतेसम्म आन्तरिक ऋण रू.8७3 अर्ब १९ करोड र बाह्य ऋण रू.9८० अर्ब८० करोड गरी कूल सार्वजनिक ऋण रू. १८५४ अर्बरहेको छ। जुन नेपालको गत आर्थिक वर्षको प्रारम्भिक कूल गार्हस्थ्य उत्पादनको करिब 4३.४ प्रतिशत हुन आउँछ। कूल गार्हस्थ्य उत्पादनको तुलनामा सार्वजनिक ऋणको अंश दक्षिण एशिया र समान आर्थिक अवस्था भएको मुलुकको दाँजोमा न्यून नै रहेको छ।

14.    चालु आर्थिक वर्षको फागुनसम्म बाह्य ऋणतर्फ रू. १९ अर्ब १३ करोड र आन्तरिक ऋण तर्फ रू. ५१ अर्ब ३ करोड गरी जम्मा रू. ७० अर्ब १६ करोड बराबरको सावाँ र ब्याज भूक्तानी गरिएको छ।

15.    चालु आर्थिक वर्षमा वैदेशिक ऋणको साँवा ब्याज गरी जम्मा रू. 40 अर्ब 66 करोड भुक्तानी गर्नुपर्ने प्रतिवद्धता रहेको छ। उक्त रकम कूल वैदेशिक मुद्राको हालको सञ्चिति रू. 11७१ अर्बको तुलनामा न्यून नै हो। 
 

विकास सहायता प्रतिवद्धता

16.    हालसम्म रू.१26 अर्बको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको छ।

मौद्रक एवं तरलता व्यवस्थापन

17.    २०७८ माघ मसान्तसम्म अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा निजी क्षेत्र तर्फ निक्षेप संकलन 3.6 प्रतिशतले वृद्धिभएको छ भने सोही अवधिमा कर्जा प्रवाह 12.3 प्रतिशतले वृद्धि भएको छ।चालु आर्थिकवर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालनको तुलनामा कर्जा विस्तार उच्चभएको कारण बैंकिङ्ग प्रणालीको तरलतामा चाप परेको छ। 

18.    कर्जा प्रवाह मध्ये माघ मसान्तसम्म सहुलियतदरमा प्रदानभएको पुनर्कर्जारु. १५३ अर्ब 69 करोड लगानीमा रहेको छ भने सहुलियतपूर्णकर्जा १ लाख ४2 हजार 3 सय 44 ऋणीलाई रु २14 अर्ब 78 करोड प्रवाह भएको छ । कोभिड-१९ बाट प्रवाहित उद्यमी तथा व्यवसायीलाई प्रदानगरिएको व्यावसायिक निरन्तरताकर्जा २०७८ माघ मसान्तसम्म रु.१ अर्ब 1३ करोड स्वीकृत भएको छ । 

19.    चालु आर्थिक वर्षको माघ मसान्तसम्म विभिन्न उपकरणहरु मार्फत रू 4086 अर्ब 4 करोड तरलता प्रवाह भएको छ ।

अर्थतन्त्रमा परेको दवाव र जिम्मेवारी बोध

20.    दुई वर्षदेखिको कोभिड-19 महामारीको प्रतिकूल प्रभावले शिथिल भएको अर्थतन्त्र कोभिड-19 विरूद्धको खोपको उपलब्धतासँगै विस्तारै सामान्यीकरण बन्दै गएको छ।

21.    वित्त नीति तथा मौद्रिक नीति सम्बद्ध उपकरणको प्रभावकारी कार्यान्वयन, विदेशी विनिमय संचिति, विप्रेषण आप्रवाह, उद्योग व्यवसाय संचालनमा बढोत्तरी, कम उत्पादनशीलक्षेत्रमा कर्जा प्रवाह निरुत्साहन,अनुत्पादक क्षेत्रमा आयात निरुत्साहन, सुन आयातमा कटौती, बैंक मार्फत विप्रेषण आप्रवाहमा थप व्याज प्रोत्साहन, वैदेशिक सहायता प्राप्तिको प्रतिवद्धता समेतबाटअर्थतन्त्रको वाह्य दवावकोउपयुक्त व्यवस्थापन हुँदै जानेदेखिन्छ। 

22.    विदेशी मुद्रा संचितिको अवस्था सामान्य नै रहे तापनि यसलाई बढाउन विप्रेषण आप्रवाह बैंक मार्फत गर्ने, विलासी वस्तुको आयात घटाउने, विदेशी लगानीको उपयुक्त वातावरण तयार गर्ने, वैदेशिक सहायताको सोधभर्ना समयमै प्राप्त गर्ने, पुजीगत खर्च बढाउने, उत्पादनशील क्षेत्रमा लगानी बढाउने जस्ता विषयमा विश्लेषण तथा विमर्स गरी तदनुसारका नीति निर्माण र कार्यान्वयन गर्न गराउन अर्थ मन्त्रालय अग्रसर रहेको अवस्था छ।

23.    अर्थतन्त्र र आर्थिक परिसूचकहरूका सम्बन्धमा विभिन्न सञ्चार माध्यम र क्षेत्रबाट प्राप्त हुने सुझावको अर्थ मन्त्रालय उच्च प्रशंसा गर्दछ। मुलुकप्रतिको जिम्मेवारीबोध गर्दै अर्थतन्त्रको वर्तमान अवस्थाको सुक्ष्म निगरानी गरी आवश्यकता अनुरूप थप कदमहरू अगाडि बढाइनेछ। यस सम्बन्धमा व्यक्त चासो र चिन्ताका लागि धन्यवाद व्यक्त गर्दै नियमित रूपमा सुझाव उपलब्ध गराइदिनहुन बुद्धिजिवी वर्ग र आम नागरिकमा अर्थ मन्त्रालय हार्दिक अनुरोध गर्दछ।
धन्यवाद।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको