Like us!
Follow us!
Connect us!
Watch us!

तिहारमा सुनचाँदी पसल झकिझकाउ, ब्यवसायबीच पसल सिंगार्ने प्रतिस्पर्धा (फोटो फिचर)

आइतबार, १४ कार्तिक २०७३, ११ : ३६ मा प्रकाशित

तिहारमा सुनचाँदी पसल झकिझकाउ, ब्यवसायबीच पसल सिंगार्ने प्रतिस्पर्धा (फोटो फिचर)

तस्बिरः लीलानाथ घिमिरे

अर्थ संसार

काठमाडौं–राजधानीका गहना पसलमा यतिखेर तिहारको रौनक देख्न सकिन्छ । न्युरोड, विशाल बजार, इन्द्रचोकलगायतका स्थानमा रहेका सुनचाँदी पसल यतिखेर दुलहीझैं सिंगारिएका छन् । फूल, माला, ध्वजा पताकाले पसलहरु चिटिक्क पारिएका छन् । सुनचाँदी पसलहरुबीच कसले राम्रो पारेर सिंगार्ने भनेर एक प्रकारको प्रतिस्पर्धाजस्तै देखिएको छ । 

धन्यधान्यकी देवीको पूजा गरिने तिहारमा सुनचाँदीको कारोबार पनि अधिकै हुन्छ । तिहार नजिकिदै गर्दा सुन चाँदीको कारोबार ह्वात्तै बढेको छ। यतिबोला हरेक दिन ४० किलोभन्दा बढी सुन र ६सय किलोभन्दा बढी चाँदीको कारोबार भएको गहना व्यवसायीले जनाएका छन्। यसै बेला ब्यवसायीले धनतरेश पर्व मनाउँछन् । त्रयोदशीका दिन चाँदीबाट निर्मित गणेश एवं लक्ष्मीको मुर्ती किन्ने चलन छ। 

लक्ष्मीपूजाका लागि कात्तिक कृष्ण त्रयोदशीमा धनमाल जोड्ने चलन छ । त्यसैले यस दिनलाई धनतरेश भनिएको हो ।  यही बेला ग्राहकलाई आकर्षित गर्न सुनचाँदी ब्यवसायीले आफ्नो पसललाई आकर्षक बनाएर सजाएका हुन् । 

58158b2299c06.jpg 58158b22abbe3.jpg 58158b2300329.jpg 58158b2314030.jpg 58158b237a190.jpg 58158b239d6be.jpg 58158b241bdf2.jpg 58158b246538f.jpg 58158b24a577a.jpg 58158b2520146.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको