Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्रमा सुखद् संकेतः दैनिक २ हजार पर्यटक नेपाल भित्रिदै

पत्रपत्रिका

मंगलबार, २९ चैत्र २०७८, ०७ : ५८ मा प्रकाशित

अर्थतन्त्रमा सुखद् संकेतः दैनिक २ हजार पर्यटक नेपाल भित्रिदै

कोभिड संक्रमण समान्य हुन थालेपछि नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या ह्वात्तै बढ्न थालेको छ। अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले नेपाल आउने पर्यटकको संख्या दैनिक २ हजार पुगेको जानकारी दिएका छन् ।

 

सन् २०२२ को अप्रिल १ देखि १० तारिखसम्मको तथ्यांक हेर्दा दैनिक लगभग २ हजार विदेशी पर्यटन नेपाल आउने गरेको जानकारी दिदै महानिर्देशक भट्टराईले नेपाल समाचारसँग भन्नुभयो'अप्रिल १ तारिखमा एकैदिन २ हजार ५ सय १३ विदेशी नेपाल आएका छन्, यसबाट पर्यटक आगमन संख्या बढ्दै गएको पुष्टि हुन्छ।'

तथ्यांकअनुसार सन् २०२२ को जनवरीदेखि मार्चसम्ममा नेपालमा ७८ हजार १ सय ८२ विदेशी पर्यटक नेपाल भ्रमणमा आएको अध्यागमन विभागले जनाएको छ। विभागले गरेको विश्लेषणअनुसार नेपाल भित्रिने पर्यटकको संख्यामा देखिएको बढोत्तरी हेर्दा कोभिङ(१९ को नयाँ भेरियन्ट नआए वा अन्य कुनै कारणले पर्यटक आगमन प्रभावित नभएमा पर्यटक आगमनका हिसाबले सन् २०२२ आशायुक्त रहेको छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको