Like us!
Follow us!
Connect us!
Watch us!

सही आर्थिक नीतिको अभावमा अर्थतन्त्र खतरामा : पूर्व गर्भनर विजयनाथ भट्टराई

अर्थ संसार

मंगलबार, २९ चैत्र २०७८, १७ : ३० मा प्रकाशित

पूर्व गर्भनर विजयनाथ भट्टराईले देशको आर्थिक अवस्था निकै जटील रहेको बताएका छन् । आर्थिक तरलता संकट र साधनान्तर घाटा अहिलेका प्रमुख चुनौति रहेको पनि उनले उल्लेख गरे । अर्थसंसारसँगको कुराकानीमा पूर्व गर्भनर भट्टराईले पूँजीगत खर्चमा कमि आएको र विभिन्न कारणले देशमा समानान्तर अर्थतन्त्र खडा भईरहेका यी समस्या समाधानको लागी सरकारले तुरुन्त कदम चाल्नुपर्नेमा पनि जोड दिए ।

सरकारले सही आर्थीक निती अपनाउन नसकेकाले र राज्य संयन्त्रमा भ्रष्टाचार मौलाएकाले यस्तो समस्या आएको उनको भनाई छ । घुस लिने समस्या धेरै हुदा पनि राजनीतिक दलहरु उदाशिन रहेकोमा चिन्ता दर्साउँदै गर्भनर भट्टराईले यसको निराकरणका ,लागी उच्चतहबाटै पहल कदमी हुनुपर्ने बताए ।

मुलुकको कर्मचारी संयन्त्रमा ब्यापक सुधार गरेर कार्यान्वयन पक्षमा सुधार ल्याउन सके  अर्थतन्त्र केही सुध्रिने भएपनि मुलभुत सुधार भने निती निर्माण तहबाट मात्रै गर्न सक्निे गर्भनर भट्टराईको धारणा छ । 

रुस युक्रेन संकटको कारण बढ्दै गएको पेट्रोलियम पदार्थको मुल्यले महँगी आकाशिन सक्ने तर्फ सरकारलाई सचेत गराउँदै गर्भनर भट्टराईले पेट्रोलियम पदार्थको दिर्घकालिन समाधानका जलविद्युत उपयुक्त माध्यम रहेका बताए । तर सरकारको कुनै ,किसीमको उर्जा निती नहुदा प्रयाप्त उत्पादन हुन नसकेको उनको भनाई छ । उनले सरकारले लगानीकर्तालाई प्रोत्साहीत गर्ने भन्दा पनि निरुत्साहीत गर्ने कार्य गरीरहेको आरोप पनि लगाएका छन् ।

राजनीतिक दलहरुले निर्वाचन र अन्य कुराको लागी चंदा लिँदा पनि भ्रष्ट्राचारमा बढोत्तरी भएको बताए । चंदाको परिपाटी राज्यको लागी ठीक नरहेको बताउँदै गर्भनर भट्टराईले सबाट नेताहरुको भ्रष्ट्राचार र कालोबजारी नियन्त्रण गर्ने नैतिकबल नरहने दावी गरे ।

उनीसँग गरिएकाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको