Like us!
Follow us!
Connect us!
Watch us!

फूलको आँखामा फूलै संसार, बजार फूलका मालाले पहेंलपुर (फोटोफिचर)

आइतबार, १४ कार्तिक २०७३, ११ : ५९ मा प्रकाशित

फूलको आँखामा फूलै संसार, बजार फूलका मालाले पहेंलपुर (फोटोफिचर)

तस्बिरः लीलानाथ घिमिरे

अर्थ संसार

काठमाडौं–यतिखेर न्युरोडका सडक छेउका रेलिङ सयपत्री फूलका मालाले पहेँलपुर देखिएका छन् । तिहारमा दाजुभाइलाई लगाइदिनका साथै घरपसल सजाउन फूूलका माला किन्नेहरु मोलमोलाईमा ब्यस्त देखिन्छन् । किसान आफैंदेखि ब्यापारीसमेत फूलका माला बेच्न बसेका छन् । अरु बेला तरकारी र फलफूलको ब्यापार गर्ने तराईका ब्यापारीसमेत यतिखेर फूलका मालाको ब्यापारमा लागेका छन् । 

तिहारमा ११ लाख वटा मालाको खरिदविक्री हुने अनुमान फ्लोरिकल्चर एसोसिएसन नेपाल ९फ्यान० ले गरेको छ । ‘तिहारमा ११ लाख माला खपत हुने अनुमान छ,’ उनले भने, ‘त्यसमध्ये ९ लाख सयपत्री तथा १÷१ लाख मखमली र गोदावरीको माला खपत हुनेछ ।’ उनले खपत हुने ९ लाख सयपत्रीको मालामध्ये ७ लाख स्वदेशमै उत्पादन हुने र नपुग २ लाख भारतबाट ल्याइएको बताए । 

बजारमा धेरै जसो फूलका माला सयपत्रीकै छन् । केही मात्रामा मखमली र गोदावरीको मालासमेत देखिएको छ ।  असन, इन्द्रचोक, चावहिल, बौद्ध, नयाँबानेश्वर, कोटेश्वर, कालिमाटीलगायतका राजधानीका अधिकांश बजार यतिखेर फूलका मालाले पँहेलपुर देखिन्छन् । तपाईं पनि फूलका माला किन्न जाने कि ?

5815960d6d621.jpg 5815960d70176.jpg 5815960ee495b.jpg 5815960f07c9c.jpg 58159610c39f3.jpg 58159610c6526.jpg 58159610e679b.jpg 58159611101c3.jpg 58159611477a0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको