Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंको मेयरका लागि एमालेबाट विद्यासुन्दर शाक्य र केशव स्थापित सहित पाँच जनाको नाम सिफारिस

अर्थ संसार

शुक्रबार, ०२ बैशाख २०७९, ०८ : २१ मा प्रकाशित

काठमाडौंको मेयरका लागि एमालेबाट विद्यासुन्दर शाक्य र  केशव स्थापित सहित पाँच जनाको नाम सिफारिस

आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयरका लागि नेकपा (एमाले)बाट पाँचजनाको नाम सिफारिस भएको छ । बिहीबार बसेको महानगर कमिटीको बैठकले मेयरमा पाँचजनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको एक नेताले जानकारी दिए ।

ती नेताकाअनुसार मेयरमा विद्यासुन्दर शाक्य, केशव स्थापित, निर्मल देउला, इन्दिरा पन्त र रामवीर मानन्धरको नाम महानगर कमिटीले सिफारिस गरेको हो । 

शाक्य हालका मेयर हुन् भने स्थापित पूर्व मेयर हुन् । त्यस्तै मानन्धर काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभा सदस्य र पूर्व राज्यमन्त्री समेत हुन् । पन्त भने एमालेको काठमाडौं जिल्ला कमिटी सदस्य हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको