नेपाली बजारमा केराको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । कालीमाटी तराकारी तथा फलफूल बजार विकास समितिका अनुसार पछिल्लाे केही दिनयता पाकेको केराको थोक मूल्य प्रतिदर्जन १६० रुपैयाँसम्म पुगेको छ ।
खुद्रा बजारमा दर्जनमै करिब २०० रुपैयाँ नजिक पुग्न थालेको छ । उक्त मूल्य सम्भवत हालसम्मकै उच्च मूल्य भएको समितिका सूचना अधिकारी बिनय श्रेष्ठले बताएका छन् । केराको मूल्य खुद्रामा अझै बढी हुने उनी बताउँछन् ।
चैत दोस्रो सातासम्म प्रतिकिलो १२० रुपैयाँ दर्जन रहेको केराको मूल्य वैशाख २ गतेसम्म आइपुग्दा १५० देखि १६० रुपैयाँ थोकमा मूल्य कायम भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस