Like us!
Follow us!
Connect us!
Watch us!

शिक्षण पेसा छोडेर केरा खेतीमा लागेका किसानको पीडा

अर्थ संसार

मंगलबार, ०९ कार्तिक २०७८, १३ : २७ मा प्रकाशित

शिक्षण पेसा छोडेर केरा खेतीमा लागेका किसानको पीडा

अविरल वर्षासँगै आएको हावहुरीले सप्तरी खडक नगरपालिका-१० मा लगाइएको केरा बगानमा  क्षति भएको छ।  १५ बिगाहा क्षेत्रफलमा लगाइएकाे करिब ३५ सय घरी केरा नस्ट भएको छ । छठ पर्वका लागि तयारी हुन लागेको केरा नस्ट भएपछि किसान चिन्तित बनेका छन् । 

दुई वर्षअघि केरा खेती सुरु गरेकाे बगानमा हालसम्म एक लाखभन्दा बढीकाे लगानी र परिश्रमखेर गएको फर्म सञ्चालक उमेश साहले बताए। अब परिवार कसरी पाल्ने भन्ने चिन्ताले उनलाई सताएको छ।

बाली कृषि बिमा गरेपनि क्षतिपूर्तिको निवेदन लिन विभिन्न बहानामा ढिलाइ गरेको साहको गुनासाे छ । उनले भने,´कृषिमा केही गरौं भनेर शिक्षण पेसा छाडेर केरा खेती गरेको, अहिले पछुतो लागेको छ।`

निवेदन लिए पनि बिमा कम्पनीले अनुगमन नगरेको उनले दुखेसो पोखे। कृषि ज्ञान केन्द्र सप्तरीभित्र रहेको ओरिएन्ट कम्पनीले जिल्लामा बाली बिमा गर्दै आएको छ। सप्तरीको ४० हेक्टर जग्गामा रहेको केरा बाली बिमा भएको बिमा कम्पनीका प्रमुख रवीन्द्र यादवले बताए ।

उमेशको केरा बिमाको निवेदन समबन्धमा प्रमुख यादवले भने,´७५ प्रतिशत क्षतिपूर्तिको लागि  निवेदन आएको छ। हामी डकुमेन्ट मिलाउँदैछौ। नियमानुसार पाउनु पर्ने बिमा रकम साहले पाउनुहुन्छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको