Like us!
Follow us!
Connect us!
Watch us!

"माेदीले जसरी अर्थमन्त्रीले पनि ५ सय र हजारका नाेटलाई खाेस्टा बनाइदिए अर्थतन्त्र सप्रिन्छ"

अर्थ संसार टक

आइतबार, ०४ बैशाख २०७९, १२ : २० मा प्रकाशित

वि.सं २०७८ लगानीकर्ताहरूले साेचे अनुरूप हुन नसकेकाे नेपाल पुँजीबजार संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् ।

अर्थ संसारकाे साप्ताहिक कार्यक्रम अर्थ संसार टकमा कुराकानी गर्दै उनले भनिन्, "बजार ३२ सयसम्म पनि पुग्याे २२ अर्बसम्म काराेबार पनि भयाे तर पनि जुन रूपमा बजार उकालाे लाग्नु पर्ने थियाे जुन रूपमा बजार बलियाे हुनुपर्ने थियाे त्याे सँगसँगै पाेलिसीहरू पनि राम्राे बन्नुपर्ने थियाे त्याे चाहीँ अपेक्षाकृत हामीले साेचे अनुरूप बजार भएन ।"

बजारमा प्रवेश गरिसकेपछि लगानीकर्ताहरूलाई आफ्नाे सम्पत्ती सुरक्षित छ र सेयर बजार सुरक्षित सेक्टर हाे भन्ने ढुक्ककाे वातावरण सृजना हुनुपर्ने उनी बताउँछिन् ।  गत वर्ष भने रातदिन पाेलिसीहरू परिवर्तन भएकाे र बजारमा पैसा नहुँदा बजार संक्रमणकालिन बन्न पुगेकाे उनले बताइन् । 

"अर्थमन्त्री एउटा पार्टीकाे प्रधानमन्त्री एउटा पार्टीकाे र गभर्नर एउटा पार्टीकाे,

नेताहरूकाे राजनीतिक लडाँइमा लगानीकर्ता मुसियाैँ"

अहिलेकाे अवस्थामा बजारमा कसरी आईपुग्याे भन्ने हाम्राे प्रश्नमा उनले भनिन्, "बजारमा के भयाे भने अर्थमन्त्री एउटा पार्टीकाे प्रधानमन्त्री एउटा पार्टीकाे र गभर्नर एउटा पार्टीकाे अब गभर्नरले केही पाेलिसी बनाउनुहुन्छ भने केही राम्राे हुन्छ भने त्यसकाे दाेष चाहीँ अर्थमन्त्रीलाई गयाे । किनभने कति राम्राे भयाे हाे । सबै बाहिर अर्थतन्त्र नै राम्राे भाछ कसकाे कारणले भन्दा अर्थमन्त्री याे हुनुहुन्थ्याे राम्राे भयाे भन्ने कुरा भयाे । अब गभर्नर सल्लाहाकार हुनुहुन्छ अर्थ मन्त्रालयकाे अब उहाँ केपी ओलीकाे पार्टीकाे हुनुहुन्छ अनि उहाँले दिने जुन सल्लाह भनेकाे जहिले पनि नेगेटिभ नै हुन्छ । उहाँहरूकाे जुन एउटा राजनीतिक लडाँइ छ नी त्याे राजनीतिक लडाइँमा हामी लगानीकर्ता पर्याैँ । मलाई चाहीँ के लाग्छ भने गभर्नर यदि चेञ्ज हुनुहुन्छ भने त्याे सँगसँगै अर्थमन्त्री पनि परिवर्तन हुनुपर्याे । त्याे भएपछि यदि अर्थमन्त्रीले राम्राे काम गर्नुहुन्छ भने गभर्नरले पनि राम्राे सल्लाह दिनुहुन्छ । तर यहाँ त सही सल्लाह दिनुहाेला, राम्राे माहाेल बनाइदिनु हाेला, पाेलिसी स्ट्रङ बनाइदिनु हाेला त्यसले कसलाई फाइदा पुग्छ भने अर्थमन्त्रीलाई अनि अर्थमन्त्रीलाई फाइदा पुग्याे भने त माओवादी पार्टीलाई फाइदा पुग्छ जुन कुरा एमालेले सहन सक्दैन  । त्यसले गर्दा पनि जुन राजनीतिक लडाँइ छ नी त्यसकाे लडाइँमा हामी पर्याैँ अहिलेकाे अवस्था पनि त्यही नै भयाे ।"

बजारमा पैसाकाे एकदमै अभाव रहेकाे बताउँदै उनले आफूले लगभग एक महिनादेखि टीएमएस नचलाएकाे र आफ्नाे जस्तै हालत अरू लगानीकर्ताहरूकाे पनि रहेकाे अनुमान गरिन् । भएकाे पैसा हाेल्ड रहेकाे, बैंकले पनि पैसा नदिने र घर खेत बेच्ने अवस्था पनि नरहेकाे हुनाले गभर्नर जाने बित्तीकै बजार एकदमै अप हाेला भन्ने कल्पना बाहिरकाे कुरा रहेकाे उनकाे तर्क छ । 

"जसरी माेदीले ५ सय र हजारकाे नाेटलाई खाेस्टा बनाइदिए नी त्यसरी नै अर्थमन्त्रीले पनि रातारात ५ सय र हजारकाे नाेटलाई खाेस्टा बनाइदिने हाे भने चाहीँ बल्ल अर्थतन्त्र राम्राे हुन्थ्याे"

गभर्नर मात्रै हैन अर्थमन्त्री पनि बजारका लागि पाेजेटिभ नरहेकाे र सेयर बजारमैत्री नरहेकाे भन्दै उनले भनिन्, "उहाँले गभर्नरलाई त हटाइ हाल्नु भयाे यदि उहाँले सक्नुहुन्छ अर्थतन्त्र बचाउनु चाहानुहुन्छ भने चाहीँ जुन याे पार्किङ गरेर राखेका पैसाहरू छन् नी त्याे पैसा कहाँ गयाे त पार्किङ गरेर घर-घरमा लुकाइएकाे छ नी त्याे पैसाहरूलाई चाहीँ जसरी माेदीले ५ सय र हजारकाे नाेटलाई खाेस्टा बनाइदिए नी त्यसरी नै उहाँले पनि रातारात ५ सय र हजारकाे नाेटलाई खाेस्टा बनाइदिने हाे भने चाहीँ बल्ल अर्थतन्त्र राम्राे हुन्थ्याे ।"

उनीसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको