Like us!
Follow us!
Connect us!
Watch us!

राधा पोखरेलसहित ३ जना नेपालीले पाउने भए अन्तर्राष्ट्रिय अवार्ड

अर्थ संसार

आइतबार, २८ फागुन २०७९, १३ : ३२ मा प्रकाशित

राधा पोखरेलसहित ३ जना नेपालीले पाउने भए अन्तर्राष्ट्रिय अवार्ड

डा. एपीजे अब्दुल कलाम फाउन्डेसनले नेपालबाट ३ जनालाई अन्तर्राष्ट्रिय अवार्ड प्रदान गर्ने भएकाे छ । "डा. एपीजे अब्दुल कलाम अन्तर्राष्ट्रिय अवार्ड, २०२३" का लागि नेपालबाट नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा, नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेल र सामाजिक अभियान्ता सावित्री अधिकारीलाई चयन गरिएकाे लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेलले अर्थ संसारलाई जानकारी दिइन् ।

नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेललाई लगानीकर्ताहरूकाे हकहितका लागि उनकाे कृयाकलाप, लेख तथा प्रयास र यसका साथसाथै, उनले गरेका सामाजिक सेवाका गतिविधीहरूलाई सम्मान गर्दै याे अवार्ड प्रदान गरिने भएकाे उनले बताइन् । ।

उक्त अवार्ड यही १८ मार्चमा भारतमा एक कार्यक्रमकाबीच प्रदान गरिने अब्दुल कलाम फाउन्डेसनले जानकारी दिएकाे छ । 

No description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको