Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नर ज्यू, लगानीकर्ताको पिडामा कैले सम्म रमिते बन्ने ?

राधा पोखरेल

शुक्रबार, २४ असार २०७९, २१ : १८ मा प्रकाशित

गभर्नर ज्यू, लगानीकर्ताको पिडामा कैले सम्म रमिते बन्ने ?

गभर्नर ज्यू , नमस्कार !
यहाँ जुन कार्यक्रममा अतिथी भएर जानु हुन्छ त्यो कार्यक्रममा यहाँले भन्ने कमन बोली भनेको हामी छिट्टै श्रीलंका जस्तो हुदैछौ । हाम्रो बिदेशी मुद्राको संचिति घटिरहेको छ । यि दुई वटा कुरा आउछन् आउछन् ।  रेमिट्यान्स आउन कम भएको छ भन्नु हुन्छ । पछिल्लो तिन महिनाको तथ्याड।कले रेमिट्यान्स घटेको देखिदैन । बरु स्थिर छ । किन आम नागरिकलाई अझ भनौ सेयर लगानीकर्तालाई मर्माहित बनाउदै हुनुहुन्छ ?

 गभर्नर ज्यू , 
हामिले २०७२ सालको भूकम्प,  भूकम्प पछी लगत्यैको नाकाबन्दी, त्यसपछीको दुई दुई बर्षे कोरोना महामारीबाट त लगानीकर्ता बिचलित भएनौं  बैंक तथा बित्तिय संस्थाको रकममा बैमानि गरेनन् भने यो रसिया र यूक्रेन बाट सृजित बिषम परिस्थितीलाई यहाँले नजर अन्दाज नगरि दिनुस् । अनधिकृत ढंगले मार्जिन कलको त्रास फैलाउँदै बैंक तथा बित्तिय संस्थाले लगानीकर्ताको सेयर जे मुल्यमा मन लाग्यो त्यही मुल्यमा बेचिरहेका छन् । रत बजार यो तह सम्म आई पुगेको छ । यहाँले मसक्क कम्मर कसी  बैंक तथा बित्तिय संस्थाको यो पछिल्लो  रबैयालाई रोकी दिनुस् । यहाँको कद उचो हुनेछ । 
 नेपालको पूँजी बजारलाई चौतर्फि घेरा बन्दि गरिदै छ । प्रत्येक हप्ता जसो कुनै न लगानीकर्ताले आत्महत्या गरिरहेका छन् । करिब एक हप्ता अघि बुटबलका एक प्रतिष्ठित लगानीकर्ता नारायणमा हेलिन पुगे भने हिजो मात्रै पनि एक जना लगानीकर्ता जसले देशब्यापी सेयर शिक्षा फैल्याउन मद्दत गरिरहेका थिए । उनले पनि  बिष सेवन गरेका छन्। उनको यतिखेर भेन्टिलेटरमा राखि उपचार हुँदैछ । यस्तै अबस्था रहिरहें दैनिक रुपमा यस्ता अप्रिय खबर बाहिर आउने नै छ । सेयर बजारलाई नियमन गर्नुपर्छ, यस्तै नियन्त्रण गर्दै जाने हो भने यहि अवस्था नआउला भन्न सकिन्न भनेर सम्माननीय प्रधानमंत्री ज्यू संगको भेटमा एक महिना अगाडि नै अबगत गराएकी थिएँ । 

बिशेष गरी हामीले पनि भन्दै आएको के थियौं  भने ब्रोकर लाईसेन्सलाई प्रतिस्पर्धी बनाउन जरुरी छ भनेर । केही दिन अघि मात्रै धितोपत्र बोर्डले तिन तहको ब्रोकर लाईसेन्सको बिषयमा बोल्ड निर्णय गर्यो । त्यो निर्णय आउना साथ अर्थ समितिका सभापति कृष्ण प्रसाद दहाललाई खपि नसक्नुको टाउको दुख्यो ! र, भन्न थाले यो अर्थ समितिमा छलफल गर्ने बिषय हो भनेर । के स्वायत्त निकाय धितोपत्र बोर्डले गरेको निर्णयमा कैचि चलाई हाल्नु पर्ने ? हुन त यो सतिले सरापेको देशमा योसो भन्नु नौलो बिषय चाँही होईन । 

पछिल्लो समय नेपालको पूँजी बजार बामेसर्ने यूगबाट टुकुटुक हिडने सम्मको यूगमा प्रबेश गर्दै गरेको  कुरा आम लगानीकर्ता माझ  घाम जत्तिकै छर्लड। छ । यसको वाबजुद नियामक निकायबाट बेला बेलामा “बेमौसमि बाजा” बजाई दिएको देख्दा आम लगानीकर्ताको सम्पत्तिमा गम्भिर समस्या देखा पर्ने गरेको छ । उपल्लो पदमा जान मरिहत्ते गरेर पुग्ने त्यस पछी आफु भन्दा माथिल्लो तालुकदारको कुरै नसुन्ने परि पाटी हालै हाम्रो देशमा बिध्यमान छ । अझ भनौ  “डोकाले छोपेको बिरालो” जस्तो छर्लैडौ भएको  छ । 

आज लगानीकर्ता यति प्रताड़ित भएका छन की त्यसको कुनै पनि लेखाजोखा हुनै सक्दैन । गभर्नर ज्यू यो आर्थिक बर्ष सकिन अब एक हप्ता मात्रै बाँकी छ । बैंक तथा बित्तिय संस्थाहरुको रबैयाले सेयर धितो राखेर लिएको  मार्जिन कर्जाको बिषयमा "थाल खाउ की भात खाँउू" गराई राखेका छन् । यस्तो बिषम परिस्थितिमा लगानीकर्ताले असार मसान्तको ब्याज त कसरी तिरौ भनि रहेका बेला मार्जिन कलको त्रासबाट लगानाकर्तालाई झिकिदिनुस् गभर्नर ज्यू नत्र अबस्था झनै भयाबह भएर जाने छ ।

 बैंक तथा बित्तिय संस्थाले मार्जिनको बाहानमा आम लगानीकर्ताको सेयर बेचिदिँदैछन् । यस्तो सम्बेदनशिल बिषयमा यहाँले लगानीकर्तालाई रिस्क्यू गर्नु पर्दैन र र? हजुर भनेको हामि सबैको भिष्म पितामह होईन ?  गभर्नर ज्यू बैंक तथा बित्तिय संस्थाको धम्कि पूर्ण अभिब्यक्तिबाट लगानीकर्तालाई बचाई दिनुस् । समय दिनुस् लगानीकर्ताले रिण तिर्ने छन् । मनलाग्दि सेयर बेच्ने छुट बैंक तथा बित्तिय संस्थालाई नदिनुस् । 

 यही अबस्थामा  बैंक तथा बित्तिय संस्थालाई छोडिदिनु भयो भने ूबाँदरले आफुले पनि घर बनाउदैन र अरुको घर पनि देखि सहदैनू भनेझैँ हुने छ । त्यती मात्रै होईन परिस्थिती यहाँले समालि नसक्नु हुने छ । गभर्नर  ज्यूलेको काम बोल्दै हिड्ने मात्र होइन यस बिषम परिस्थितिमा ५२ लाख लगानीकर्तालाई मार्जिनकल बाँट बचाउने  हो । 

अन्तमा 
गभर्नर ज्यू मेरो आग्रह छ बिलम्ब नगरि बैंक तथा बित्तिय संस्थाको धम्की पूर्ण मार्जिनकललाई आजैबाट रोकी दिनुस् । र, अषाढ मसान्त भित्रै अर्को ब्यवस्था नहुनजेल ४/१२ मा लगाइएको कर्जालाई नबिकरण गरियोस र  यस्का साथै भारित औसत १०० मै कायम गरियोस । 

राधा पोखरेल 
अध्यक्ष 
नेपाल पूँजी बजार लगानीकर्ता संघ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको