Like us!
Follow us!
Connect us!
Watch us!

तिलक कोइरालाको तत्काल रिहाई होस, मागहरुलाई सम्बोधन गरियोस् : राधा पोखरेल

अर्थ संसार

मंगलबार, २४ जेठ २०७९, २० : १४ मा प्रकाशित

तिलक कोइरालाको तत्काल रिहाई होस, मागहरुलाई सम्बोधन गरियोस् : राधा पोखरेल

नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले लगानीकर्ता तिलक कोइराला र अरु लगानीकर्ताको तल्काल प्रहरी बाट रिहाइको माग गरेकी छिन्।  उनले उनले उठाएको मागहरु पनि यथासीघ्र सम्बोधन गर्न पर्ने माग रहेकी छिन्। 

यस्तो छ विज्ञप्ती 

"नियामक निकायको निकम्मा पनबाट नाजुक अबस्थामा पुर्याईएको नेपालको पूँजीबजारको सुधार र नियामनकारी निकायको पन्जाबाट पूँजीबजारलाई अलग गराईनु पर्छ भन्ने बिषयको १९ ओटा जायज मागहरु लिएर आज हाम्रा लगानीकर्ता मित्रहरु नेपाल स्टक एक्स्चेन्ज अगाडी आफ्ना जायज मागहरु प्रश्तुत गर्ने क्रममा प्रहरी दमनको सिकार हुनु भएको छ ।

यस किसिमको बरबर दमनबाट हाम्रा लगानीकर्ता मित्र तिलक कोईराला सहित अन्य ५ जना लगानीकर्ता मित्रहरुलाई प्रहरी लगाई दमन गरी गिरफ्तारी गरिएकोमा म लगाएत हाम्रो संघको गम्भिर ध्यानाकर्णण भएको छ । राज्यले यही रबैया लिई रहने हो भने हामी ५२ लाख लगानीकर्ताहरु नै सडकमा आउन बाध्य हुने छौ । तसर्थ हाम्रा साथीहरुलाई यथासिघ्र रिहाई गरी हाम्रा जायज मागहरुलाई यथासक्य चाडो सम्मबोधन गरियोस् । अन्यथा यो शान्तिपूर्ण आन्दोलन लाई भडकाई हिँसामा परिणत गर्ने दुष्साहास सरकारले राखि रहेमा परिणाम गम्भिर आउने भन्दै हाम्रा साथीहरुको बिनाशर्त रिहाईको माग गर्दछु ।"

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको