नेपाल स्टक एक्सचेन्जमा सुुचिकृत भइ ग्रीन भेन्चर्स कम्पनी आजबाट दोस्रो बजारमा आउने भएको छ । चैत ८ गतेबाट सर्वसाधारणका लागि आवदेन खुल्ला गरेको थियो । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम ९१ रुपैयाँ ८६ पैसादेखि अधिकतम २७५ रुपैयाँ ५८ पैसाभित्र रहेर हुनेछ । जीभीएल संकेतमा यसको कारोबार खुला हुनेछ । ग्रीन भेन्चर्सको चुक्ता पुँजीका आधारमा कायम कुल ३ करोड १२ लाख ५० हजार कित्ता सेयर सूचीकरण गरिएको हो ।
ग्रीन भन्चर्सले चैत ८ गतेबाट ११ गतेसम्म सर्वसाधारणका लागि २८ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गरेको हो । कुल ३१ लाख २५ हजार कित्ता सेयरमध्ये ५% अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोष र ३% अर्थात ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई जारी भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस