Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीन भेन्चर्सको २ करोड ८२ लाख कित्ता सेयरको लकइन अवधि सकिँदै

अर्थ संसार

आइतबार, १८ फागुन २०८१, ११ : १० मा प्रकाशित

ग्रीन भेन्चर्सको २ करोड ८२ लाख कित्ता सेयरको लकइन अवधि सकिँदै

ग्रीन भेन्चर्सको २ करोड ८२ लाख १६ हजार ९५० कित्ता सेयरको लकइन करोड बढी कित्ता सेयरको लकइन अवधि सकिन लागेको छ।

हाल यस कम्पनीको संस्थापकको २ करोड ५० लाख कित्ता, आयोजना प्रभावित स्थानीयको ३१ लाख २३ हजार २०० कित्ता र कर्मचारीहरूको ९३ हजार ७५० कित्ता सेयर लकइनमा रहेको छ।

कम्पनीले आयोजना प्रभावितलाई २०७८ फागुन २ गतेदेखि फागुन २० गतेसम्म आइपीओ बिक्री खुला गरी फागुन २९ गते बाँडफाँट गरेको थियो। सर्वसाधारणलाई भने कम्पनीले २०७८ चैत ८ गतेदेखि चैत ११ गतेसम्म आइपीओ जारी गरेको छ। सर्वसाधारणका लागि जारी आइपीओ २०७८ फागुन २० गते बाँडफाँट गरिएको थियो।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ बमोजिम सर्वसारधाणलाई आइपीओ बाँडफाँट गरेको मितिले ३ वर्षसम्म संस्थापक, स्थानीय र कर्मचारीलाई बाँडफाँट गरिएको सेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ। सोही प्रावधानबमोजिम ३ वर्ष पूरा भएपछि ती समूहको सेयरको लकइन अवधि सकिने व्यवस्था रहेको छ।

67c3ec8020899.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको