Like us!
Follow us!
Connect us!
Watch us!

किन भएन नेप्सेमा ग्रीन भेन्चर्सको सेयर कारोबार ?

अर्थ संसार

सोमबार, ०५ बैशाख २०७९, १० : ५९ मा प्रकाशित

किन भएन नेप्सेमा ग्रीन भेन्चर्सको सेयर कारोबार ?

नेपाल स्टक एक्सचेञ्जमा आज (वैशाख ५ गते, साेमबार) ग्रीन भेन्चर्स कम्पनी लिमिटेडकाे सेयर काराेबार हुन सकेन । स्पेशल प्रि ओपन सेसन काराेबारमा म्याच नभएपछि काराेबार हुन नसकेकाे हाे ।

अब आज कम्पनीकाे सेयर काराेबार हुँदैन । स्पेशल प्रि ओपन सेसन काराेबारमा म्याच भएपछि मात्र रेगुलर काराेबार खुल्ने प्रावधान छ ।

जस अनुसार अब भाेलि (मंगलबार) फेरि स्पेशल प्रि ओपन सेसनमा कम्पनीकाे कारोबार खुल्नेछ । साे सेसनमा काराेबार भएमा मात्रै नियमित काराेबार हुनेछ ।

हिजाे कम्पनीकाे ३ कराेड १२ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे थियाे । नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९१ रूपैयाँ ८६ पैसादेखि अधिकतम २ सय ७५ रुपैयाँ ५८ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ । कम्पनीले काराेबारका लागि GVL सिम्बाेल पाएकाे छ ।

कम्पनीले चैत्र ८ गते, मंगलबारदेखि चैत्र ११ गते, शुक्रबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियाे । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । 

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । कुल २१ लाख ११ हजार ६४९ जनाले आवेदन दिएकामा ५ हजार १३३ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २१ लाख ६ हजार ५१६ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको हो । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी २ लाख ८७ हजार ५०० जनाले समान १० कित्ता सेयर प्राप्त गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको