Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रो बजारमा ग्रीन भेन्चर्सको काराेबार सुरू, कतिमा भयो पहिलाे कारोबार ?

अर्थ संसार

मंगलबार, ०६ बैशाख २०७९, १० : ५१ मा प्रकाशित

दोस्रो बजारमा ग्रीन भेन्चर्सको काराेबार सुरू, कतिमा भयो पहिलाे कारोबार ?

धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) ग्रीन भेन्चर्स कम्पनी लिमिटेडकाे पहिलो कारोबार भएको छ ।

स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीकाे पहिलाे काराेबार प्रतिकित्ता २ सय ७१ रूपैयाँ १० पैसामा भएकाे छ । नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९१ रूपैयाँ ८६ पैसादेखि अधिकतम २ सय ७५ रुपैयाँ ५८ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे  थियाे । कम्पनीकाे पहिलाे काराेबार अधिकतम रेञ्जबाट सुरू भएकाे हाे । 

आइतबार कम्पनीकाे ३ कराेड १२ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ)  धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे । 

हिजाे स्पेशल प्रि ओपन सेसन काराेबारमा म्याच नभएपछि कम्पनीकाे काराेबार हुन सकेकाे थिएन । स्पेशल प्रि ओपन सेसन काराेबारमा म्याच भएपछि मात्र रेगुलर काराेबार खुल्ने प्रावधान छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको