ग्रीन भेन्चर कम्पनीका संचालक श्री विरेन्द्र कुमार संघईले पदबाट राजीनामा दिएका छन्। कम्पनीको २१ औं संचालक समितिको बैठक (मिति २०८२/०१/१७) मा संघईले पदबाट राजीनामा दिएका हुन् ।
उक्त राजीनामा स्वीकृत गर्दै कम्पनीले २३ औं संचालक समितिको बैठक (मिति २०८२/०२/०४) मार्फत नयाँ संचालक र अध्यक्ष नियुक्त गरेको छ।
बैठकको निर्णयअनुसार श्रीमती श्रृजना अधिकारीलाई नयाँ संचालकको रूपमा नियुक्त गरिएको छ भने श्री अमुल अग्रवाललाई अध्यक्ष पदमा चयन गरिएको जानकारी कम्पनीले दिएको छ।
यससँगै नयाँ संचालकहरूको विवरण अद्यावधिक गरी संचालक लगत तयार पारिएको छ र सो विवरण प्रमाणित गरी सम्बन्धित कार्यालयमा पेश गरिनेछ। उक्त कार्यका लागि कम्पनीका प्रतिनिधि श्री कपिलप्रसाद भाटलाई आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न र कागजात बुझिलिनका लागि आधिकारिक जिम्मेवारी दिइएको छ।
सञ्चालक परिवर्तनसम्बन्धी निर्णय र संचालक लगत सहितका कागजातहरू पनि संलग्न गरिएको ग्रीन भेन्चर कम्पनीले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस